बोष्टनमा नया बर्ष धमाका भब्य अब टेक्सास घन्किने

इनेप्लिज २०७१ चैत २७ गते ०:५७ मा प्रकाशित

bimal 8 - Copy

२०७२ नया बर्ष धमाका भाग १ लिएर अमेरिका आएका कलाकारहरुले गत अप्रिल ५ र ६ तारिखमा बोष्टन भब्य प्रस्तुति गरेका छन् l

नेपालका हास्य अभिनय क्षेत्रमा अत्यन्त लोकप्रिय कलाकार सिताराम कट्टेल ( धुर्मुस), कुञ्जना घिमिरे ( सुन्तली ), चर्चित लोक दोहोरी गायक पशुपति शर्मा, लोक दोहोरी गायिका सँगिता थापा मगर, नेपाली आधुनिक गितका अत्यधिक चर्चित गायक प्रमोद खरेल सहित स्थानिय कलाकारले बोष्टन घन्काएका थिए l

सिताराम कट्टेल (धुर्मुस ) तथा कुन्जना घिमिरे(सुन्तली) को बेजोड प्रहसनलाई दर्शकले खुब मन पराई धित मर्ने गरि हासेका थिए l मनै छुने मलाई अमेरिका यहि, मलाई बेलायत पनि यहि जस्ता किसिम किसिमका सन्देशमुलक लोक दोहोरी गित ,तिजका नया नया गितले नेपालीलाई लट्ठ पार्दै नचाउदै आएका कलाकार पशुपति शर्मा र सँगिता थापा मगरको प्रतक्ष्य लोक दोहोरीमा दर्शक नाचेका थिए l

bimal 4 - Copy

यसै गरि म बिना कसै कसैलाई मुस्किल छ पोखरामा जस्ता मन्त्रमुग्ध आधुनिक गित गायक प्रमोद खरेलका साथै बोष्टनका स्थानिय नेपाली कलाकारहरु र बोष्टन लोक सुसेली समुहका कलाकारहरुले बोस्टन तताएका थिए l

जिबिएनसिको आयोजनामा भएको रमाईलो साँझ सफलता पुर्वक सम्पन्न भएको छ भने उक्त कार्यक्रमको संयोजक जिबिएनसि का पुर्व अध्यक्ष ध्रुब घिमिरे रहेका थिए l

वर्ल्ड बिजनेस म्यानाजमेन्ट एंड कन्सल्टेन्ट प्रा लि का व्यवस्थापक तथा २०७२ नया बर्ष धमाका भाग १ का कार्यक्रमका संयोजक बुद्धि प्रसाद रेग्मीले बिशेष गरि जिबिएनसिका अध्यक्ष राम थापा ,जिबिएनसिका पुर्व अध्यक्ष ध्रुब घिमिरे तथा सहयोग गर्नु हुने सम्पूर्ण बोस्टनका नेपाली समुदायलाई धन्यवाद दिएका छन् l

भुटानी समुदायको पनि उपस्थिति रहेको थियो l २०७२ नया बर्ष धमाका भाग १ का सम्पूर्ण कलाकारहरु अप्रिल १० मा टेक्सासको हुस्टनमा हुने कार्यक्रमको लागि अप्रिल ९ तारिख नै पुगी सकेका छौ भनि कार्यक्रम संयोजक बुद्धि प्रसाद रेग्मीले बताए l

अप्रिल १० शुक्रबार हुस्टन, अप्रिल ११ डालस तथा अप्रिल १२ मा अस्टिनमा कार्यक्रम गर्ने छौ भन्दै नेपाली समुदायलाई हास्न ,नाच्न र गीत गजल सुन्न तयार बस्न रेग्मीले आग्रह गरेका छन् l

bimal 9

bimal 1 - Copy

तस्बिर सौजन्य: विमल नेपाल। नेपालमा आर्थिक पत्रकारिता गरेका विमल नेपाल हाल बोस्टन, अमेरिकामा फोटोग्राफी मार्फत चिनिएका छन्। उनका फोटोग्राफ हरु विभिन्न अन्तरराष्ट्रिय मिडियामा प्रकाशित छन्। गतबर्ष उनको एउटा फोटो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रकाशित गर्दा कपिराइट  विवाद भएको थियो।

huston 2

प्रतिक्रिया