स्वास्थ्य केन्द्रको भवन चौकीदार निवासमा परिणत
पथरी (मोरङ), २६ चैत । विराटनगरको महेन्द्र मोरङ क्याम्पसको प्राथमिक स्वास्थ्य केन्द्रको भवन सुरक्षा चौकीदार निवासमा परिणत भएको छ ।
स्वास्थ्य केन्द्रको भवनमा क्याम्पसमा काम गर्ने चौकीदार दुराचन्द्र पासवान र कार्यालय सहायक महेन्द्र लालका परिवार बसेका छन् । स्वास्थ्य केन्द्रको भवन नभएपछि केन्द्रमा कुनै पनि स्वास्थ्यकर्मी नगएको धेरै वर्ष भइसकेको छ ।
केन्द्रमा चिकित्सक नारायण बस्नेत र दुई स्टाफ नर्सको दरबन्दी छ । तर यतिखेर कुनै पनि कर्मचारी छैनन् । बस्नेत महिनामा एक पटक तलब थाप्नमात्र क्याम्पस जाने गर्नुभएको छ ।
चिकित्सक बस्नेत कोसी अञ्चल अस्पताल विराटनगरका वरिष्ठ सर्जनको रुपमा काम गर्दै आउनुभएको छ । उहाँले सम्पर्कमा आएका विद्यार्थीलाई क्याम्पसको परिचयपत्र हरेर अञ्चल अस्पतालमै सेवा दिने गर्नुभएको छ ।
स्वास्थ्य केन्द्र प्रयोगविहीन छ । धेरै दलका नेता स्ववियु सभापति भए तर विद्यार्थीको स्वास्थ्य सेवाको पहुँचलाई कसैले वास्ता नगरेको उक्त क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी मनोज खड्का बताउनुहुन्छ ।
विसं २०५१ मा तत्कालीन क्याम्पस प्रमुख उपेन्द्र कोइरालाले स्वास्थ्य केन्द्र सञ्चालन गर्नुभएको थियो । विसं २०६१ मा तत्कालीन क्याम्पस प्रमुख गोपाल कार्कीको पालामा स्वास्थ्य केन्द्र बन्द भएको थियो । स्वास्थ्य केन्द्र बन्द भएपछि चौकीदारलाई क्याम्पसका प्रशासनले बस्न लिखित अनुमतिपत्रसमेत दिएको दुराचन्द्र पासवान बताउनुहुन्छ ।
स्वास्थ्य केन्द्रको भवनमा बस्दै आएका दुई कर्मचारीलाई सर्न क्याम्पस प्रशासनले गत वर्षको असारमा रु नौ लाख खर्च गरेर भवन बनाएको थियो । तर वर्ष दिन नपुग्दै त्यो भवन भत्कियो ।
स्वास्थ्य केन्द्रको भवनमा बस्दै आएका चौकीदारले राम्रो भवन नबनाएसम्म आफूहरु नसर्ने बताउँदै आएको छ । अहिले उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा न त कुनै चिकित्सक छन्, नत नर्स छन् । भएका दुई स्टाफ नर्सको पनि अन्तै सरुवा भइसकेको छ ।
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
अमेरिकामा १ करोड १ लाख ५५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ४ लाख ५४ हजारले खोप लगाए
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
प्रतिक्रिया