आर्थिक अभावले विद्यालय भवन निर्माण अन्योलमा

इनेप्लिज २०७१ चैत २६ गते २:१० मा प्रकाशित

Myagdi_district_locationम्याग्दी, २६ चैत । म्याग्दीको बाबियाचौर–६ सल्यानमा रहेको विकास प्राथमिक विद्यालयमा आर्थिक अभावले भवन निर्माण योजना अन्योलमा परेको छ ।

हाल रहेको भवन जीर्ण भएपछि विद्यालयको पुनःनिर्माण योजना अगाडि बढाइए पनि पर्याप्त आर्थिक स्रोत नहुँदा समस्या भएको हो । कक्षा ३ सम्म पठनपाठन हुने यस विद्यालयमा हाल ३० बालबालिका अध्ययनरत छन् ।

विसं २०५१ मा स्थापना भएको विद्यालयको भवन जीर्ण हुँदा जोखिम मोलेर विद्यार्थीलाई पठनपाठन गराउनुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ । विद्यालयको भवन निर्माणका लागि स्थानीय स्व विकास जिसीको घरपरिवारले जग्गा उपलब्ध गराए पनि आवश्यक बजेट नहुँदा भवन निर्माण गर्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र केसीले बताउनुभयो । स्व विकासको स्मृतिमा घरपरिवारबाट एक रोपनी, आठ आना, दुई पैसा क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार यो वर्ष जिल्ला शिक्षा कार्यालय र जिल्ला विकास समितिले रु दुई÷दुई लाख बजेट उपलब्ध गराए पनि विद्यालयको पूरै संरचना नयाँ बनाउनुपरेकाले बजेट अपुग भएको हो ।

प्रतिक्रिया