छाब्दी मार्ग विस्तारका लागि एक करोड ८३ लाख विनियोजन
इनेप्लिज
२०७१ चैत २६ गते १:५७ मा प्रकाशित
तनहुँ, २६ चैत । तनहुँको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल छाब्दी बाराही जाने मार्ग विस्तारका लागि रु एक करोड ८३ लाख बजेट विनियोजन भएको छ ।
उक्त मार्गका लागि भौतिक योजना मन्त्रालयमार्फत बजेट विनियोजन भएको छाब्दी मार्ग समितिका अध्यक्ष मणिजङ्ग बस्नेतले जानकारी दिनुभयो । उक्त बजेट विनियोजनपछि चैत १५ गते टेन्डरसमेत आह्वान गरिसकेको अध्यक्ष बस्नेतले बताउनुभयो ।
सदरमुकाम दमौलीबाट पूर्व दिशामा पर्ने करिब सात किलोमिटर दूरीमा उक्त मन्दिर रहेको छ । उक्त बजेटले मार्ग विस्तार र करिब दुई किलोमिटर लामो सडक कालोपत्र हुने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
सिनेटद्वारा मिसिगनकी पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जा सचिवमा अनुमोदन
दुई वर्षको कानुनी लडाई पछि ट्रम्पको गोप्य कर विवरण जिल्ला अधिवक्ताको हातमा
लेडी गागाको कुकुर घुमाउनेको छातीमा गोली प्रहार गर्दै फ्रेन्च बुलडग नामक दुई कुकुर चोरी
प्रतिक्रिया