बेलायत एनआरएनभित्र जो चोर उसैको ठूलो सोर

इनेप्लिज २०७१ चैत २४ गते २१:५१ मा प्रकाशित

Richardचैत्र २५ लण्डन । एनआरएन केन्द्र को निर्वाचन नियमावली संसोधन गरेको सन्दर्भमा एनआरएन वेलायतले आपती जाहेर गरेको बिषयमा, एनआरएन वेलायतको नेतृत्व आफैमा अबैधानिक छ भन्दै बिरोध गर्दै आएका नेपाली युवा समूह, वेलायतसंग सोध्दा समूहका एक प्रतिनिधि रिचर्ड गुरुङ भन्छन बिधानमै उल्लेख नभएको चक्रिय प्रणालीबाट बनेको बेलायत एनआरएनको अबैधानिक अध्यक्षको झुण्डले कोठे बैठक बसि एनआरएन केन्द्रले निर्वाचन नियमावली संसोधन गरेको बिषयमा आपती जनाउनु पूर्ण अर्थबिहिन र हास्यस्पद देखिएको छ ।
विधानमै उल्लेख नभएको चक्रिय प्रणाली मार्फत रेष्टुरेन्टको टेबलबाट विधि र विधान लाई लत्याउदै अवैधानिक हिशावले अध्यक्ष बनेको ब्यक्ति र उनका झुण्डलाई बेलायत भित्र भएका जातिय, क्षेत्रिय जस्तो प्रमुख सामाजिक संघ संस्थाहरु र बेलायत एनआरएन भित्रका अधिकांश सदस्यहरुले अमान्य घोषणा गरिसकेको विभिन्न पत्रप्रत्रिका र अनलाईन खबरहरु मार्फत छापिएको समाचारबाट पुष्टी भईसकेको अवश्था छ । यस्तो अवस्थामा विधान र नियमावलीको सन्दर्भमा कुरा उठाउनु कहाँ सम्मको जायज र मान्य कुरा हो ?
आफुअध्यक्ष बन्नका निम्ति विधान र नियमावली नचाहिने र आफु बनि सकेपछि विधान र नियमावलीको सन्दर्भमा कुरा उठाउदै हिड्नु कहाँ सम्मको सान्दभिर्भ र न्यायपुर्ण कुरा हुन्छ । हामीले बुझनु पर्ने अपरिहार्यता छ । यस्तो महत्वकांक्षी गैर जिम्मेवार ब्यक्तिहरुको नालायकी पनाले “प्रवित्र समाजिक संस्था बेलायत एनआरएन आज एउटा कठ्पुतली बनेको छ” ।
एनआरएन एउटा नेपालीहरुको प्रमुख साझा राजनीतिक रहित सामाजिक संस्था भएकोले, राजनीतिक पार्टीको पदमा भएकाहरुलाई प्रतिबन्द लगाउनु सकरात्मक नै देखिन्छ, तर जातीय, धार्मिक जस्ता सामाजिक संस्थाहरु र व्यक्तिहरुको सिंङ्गो स्वतन्त्रता माथि नै निर्वाचन नियमावली संसोधन गर्दै प्रतिबन्द लगाउनु एनआरएन केन्द्रले ठुलो गल्ति गरेको छ । यो निर्णय निरंकुश र विभेदपूर्ण छ, एनआरएन लाई एउटा वर्ग र बर्ण भित्रको महत्वकांक्षी झुण्डको मात्र बनाउनु खोजेको देखिन्छ । जस्ले गर्दा एनआरएन केन्द्रले संसोधन गरेको निर्वाचन नियमावलीलाई सच्याउनु पर्ने अपरिहार्यता हामीले पनि देखेका छौं। यस बिषयमा बैधानिक र नियमित ढंगले चलेका वेलायताका बिभीन्न संघ संस्थाहरुले आपति जनाउनु जायज हो ।Screenshot_2015-04-08-21-17-08

प्रतिक्रिया