१२ स्रस्टाहरुको समूह ढाका प्रस्थान गर्दै

इनेप्लिज २०७१ चैत २४ गते १५:१४ मा प्रकाशित

सैक्षिक, सामाजिक र साहित्यिक क्षेत्रसंग स्थानीय स्तरमा बिगत १४ वर्ष देखि काम गर्दै आएको जरा फाउन्डेसनका प्रमुख कवि तथा साहित्यकार कृष्ण प्रसाईको बिशेस पहल, संयोजन र नेतृत्वमा आगामी चैत्र २६ गते देखि २९ सम्म बंगलादेशको राजधानी ढाकामा हुने तीनदिने साहित्यिक सास्कृतिक कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व गरेर १२ जना र भारतका एकजना गरि १३ जना स्रस्टाहरुको समूह पर्सि अपरान्ह हवाईमार्गबाट ढाका प्रस्थान गर्दैछ /
दुवै देशका कलाकारहरुबाट २७गते विविध सास्कृतिक कार्यक्रम र २८ गते कविता वाचन लगाएत चित्रकला र विविध सास्कृतिक र कलात्मक झलकका झाकीहरुको प्रस्तुति रहने छ / बंगलादेशको प्रतिष्ठित सस्था Root Bangladesh र जरा फाउन्डेसन नेपालले संयुक्त आयोजना गर्नलागेको सो समारोहमा प्रमुख अतिथिको रुपमा बंगलादेशका माननीय मन्त्री प्रमोद मनकिन, बंगलादेशकालागि नेपाली महामहिम हरि कुमार श्रेष्ठ,समतो सास्कृतिक केन्द्रका प्रमुख गुलाम कुद्देस, बंगलादेश प्रज्ञा प्रतिस्ठानका director general समासुजामन खान , डा रन्जीत विश्वास , सचिब- सस्कृति मामिला मन्त्रालय बंगलादेश,ढाका विश्वबिद्यलयका professor निरन्जन अधिकारी प्रसिद्ध बंगलादेशी कवि रफिक आजद लगाएत ठुलो संख्यामा नेपाल र बंगलादेशका बौद्धिक समुहको उपस्थिति रहने सो, साहित्यिक र सास्कृतिक कार्यक्रममा नेपालका तर्फबाट कृष्ण प्रसाई, कवि तथा कथाकार प्राज्ञ- मात्रिका पोख्रेल ,कविहरु नरेन्द्र बहादुर श्रेष्ठ ,राधेश्याम लेकाली,श्रीओम श्रेष्ठ’ रोदन’ ,सीमा आभास, चर्चित fine artiest नगेन्द्र पौडेल , प्रसिद्ध गायक प्रदीप बम्जन, नृत्य निर्देसक पस्मिना श्रेष्ठ ,टिका भण्डारी, पवन पाठक र भारतीय नेपाली लेखिका लातिका जोशी रहनुहुने छ /

नेपालको तर्फ़बाट नेपाली साहित्यको बारेमा कवि तथा समालोचक महेश पौड्यालले कार्य-पत्र प्रस्तुत गर्नुहुनेछ भने बंगलादेशको तर्फ़बाट डा. रन्जीत विश्वास,सचिब- सस्कृति मामिला मन्त्रालय बंगलादेशले गर्नुहुनेछ / बंगलादेशको तर्फ़बाट कार्येक्रमको संयोजन Root Bangladesh की प्रमुख कवि तथा कथाकार शेल्लीसेन गुप्ता र okko का प्रमुख इम्दादुल हकले गर्नुहुने छ /

प्रतिक्रिया