खेलकुदको माध्यमबाट दुव्र्यसनी रोक्न स्थानीय र बाल क्लब सक्रिय

गाउँमा लागुऔषध र दुव्र्यसनीमा युवालाई फस्न नदिन चुलाचुलीस्थित भानु मावि बुकुवाका बासिन्दा सक्रिय भएका हुन् । लागुपदार्थ नियन्त्रणका लागि विद्यालयमा स्थापित बाल क्लबको सहयोगमा स्थानीयवासीले खेलकुद प्रतियोगिता सुरु गरेका छन् ।
फुटबल, भलिबल, हाइजम्प, लङजम्प, ज्याब्लिङ थ्रो, रिले दौड, गायन, नृत्यलगायतका प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक लीलानाथ बाँस्कोटाले जानकारी दिनुभयो । दुव्र्यसनी रोक्न बाल क्लबले विभिन्न पोस्टर, पम्प्लेट, बुकलेटसमेत प्रकाशन गरेको छ । चैत १४ गतेदेखि आयोजित खेलकुद प्रतियोगिता वैशाख १ गते समापन हुने जनाइएको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने बताइएको छ । “खेलकुदको माध्यमबाट दुव्र्यसनी र लागुऔषधमा युवा विद्यार्थीलाई फस्न नदिन यो अभियान सुरु गरेका हौँ”–संयोजक बाँस्कोटाले भन्नुभयो । स्थानीयवासी र बाल क्लबले विद्यालय आसपासमा पनि मादकपदार्थ बिक्री–वितरणमा समेत रोक लगाएको छ ।
हाल सम्म अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना आवेदन (मिति २०२१ फेब्रुअरी २८ को पुर्बिय समय २३:५९ सम्म अध्यावधिक गरि सक्नुपर्नेछ)
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
अमेरिकाका पूर्व जिम्नास्टिक्स प्रशिक्षक जोन गेडर्ट मानव बेचबिखन र यौन अपराधको आरोप लागेपछि मृत भेटिए
सिनेटद्वारा मिसिगनकी पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जा सचिवमा अनुमोदन
प्रतिक्रिया