ट्रकको ठक्करले पैदल यात्रुको मृत्यु

इनेप्लिज २०७१ चैत २३ गते ४:४६ मा प्रकाशित

accidentगौशाला, २३ चैत । महोत्तरीको बर्दिवासमा आज बिहान मालवाहक ट्रकले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरहा जिल्लाको गोलबजार बस्ने २७ वर्षीय हरिदेव सदा रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका–१० स्थित गढन्ता जङ्गलमा आज बिहान पूर्वबाट पश्चिमतर्फ गइरहेको ना४ख २१२५ नम्बरको ट्रकले बाटो काट्न लागेको पैदल यात्रु सदालाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीनायब उपरीक्षक रमेश पण्डितले बताउनुभयो ।

घटनापश्चात् इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिगएको प्रहरी टोलीले ट्रक र चालकलाई तत्काल नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया