योजना सुरु भएको छब्बीस वर्षपछि श्रमदानमा सिँचाइ

इनेप्लिज २०७१ चैत २३ गते ४:४४ मा प्रकाशित

रुकुम, २३ चैत । जिल्लाको बाफीकोट–९ का स्थानीयवासीले काम सुरु गरेको २६ वर्षपछि आफनै लगानीमा गाउ“मा सिँचाइ पु¥याएका छन् ।

पच्पन्न घरधुरी रहेको गाउ“का स्थानीयवासीले गाउ“मा सिँचाइ ल्याउनका लागि स्थानीय छिप्रा खोलाबाट २६ वर्षअगाडि कामको थालनी गरेका थिए । स्थानीय सर्सुकाडा गाउँमा केही स्थानीय बासिन्दाको अगुवाइमा कामको थालनी गरिए पनि चट्टानका कारण सिँचाइ निर्माणमा ढिला भएको स्थानीयवासीले बताएका छन् ।

“हामीले आफ्नै लगानीमा पाँच किलो मिटर लामो सिँचाइ सम्पन्न गरेका छौँ”–स्थानीयवासी अनन्तबहादुर देवकोटाले भन्नुभयो । स्थानीयवासीले गाउँमा सिँचाइ पु¥याउनका लागि एक घरले कम्तीमा २०० दिन श्रमदान गरेका छन् । सिँचाइ निर्माण उपभोक्ता समितिका अध्यक्ष मर्दन बुढाले यो हाम्रो नमुना काम होजस्तो लागेको छ सरकारी योजनाको मुख ताक्ने प्रवृत्तिलाई चुनौती दिइएको छ भन्नु भयो ।

स्थानीयवासीले आफैँ रकम सङ्कलन गरेर नहरका लागि आवश्यक पर्ने साधन जुटाएका हुन् । “हामले पटकपटक विभिन्न निकायमा सहयोगका लागि आग्रह गर्दा पनि कसैले सहयोग गरेनन्”–अध्यक्ष बुढाले भन्नुभयो–“हामीले श्रमदान गरेपछि गाउँमा सिँचाइ नहर पुगेको छ ।”

स्थानीयवासीका अनुसार सिँचाइ नहु“दा उब्जनी घट्दै गइरहेको थियो । “अब तरकारी खेती र सबै प्रकारका बालीका लागि सजिलो हुने भयो ।” स्थानीयवासी गणेश पुरीले भन्नुभयो–“अब सिँचाइका कारण खेती राम्रो भएपछि गाउ“मा खाद्यान्न अभावको समस्या नहुने भयो ।” स्थानीयवासीले सिँचाइ पुर्‍याएपछि अर्को वर्षदेखि धानको रोपाइँ सुरु गर्ने भएका छन् । सिँचाइ सेवा पुगेपछि गाउ“मा बेमौसमी तरकारी खेती गर्नेको लहर चलेको छ ।

प्रतिक्रिया