चरेस नियन्त्रण गर्न ‘विशेष अभियान’
बागलुङ, २३ चैत । अवैध लागुऔषध चरेसको उत्पादन, बिक्री र ओसारपसार बढेपछि प्रहरीले नियन्त्रणका लागि ‘विशेष अभियान’ थालेको छ ।
चरेस कारोबारको ‘केन्द्र’ बनेका यहाँका ग्रामीण क्षेत्रमा प्रहरीले निगरानी, चेकजाँच र कारबाही सुरु गरेको छ । कच्चापदार्थ तथा उद्योग नष्ट गर्ने, उत्पादन, बेचबिखन र ओसारपसारमा संलग्नविरुद्ध कारबाहीलाई प्रहरीले तीव्र पारेको छ ।
चरेस नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम पनि सँगै लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी सक्रियताकै कारण पछिल्लो समय चरेससहित पक्राउ पर्ने घटना पनि बढेका छन् । विशेषगरी पश्चिम क्षेत्रका गाविसमा चरेससम्बन्धी धेरै घटनाबाहिर आउने गरेका छन् ।
निशी, बोहोरागाउँलगायत दुर्गम गाविसबाट चरेससहित पक्राउ पर्नेको सङ्ख्या बढी रहेको प्रहरीनायब उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो । पछिल्लो एक महिनाभित्रमा निशीकै तीन महिला र एक पुरुष चरेससहित पक्राउ परेका छन् । तीमध्ये निशी–९ घर भएकी ४३ वर्षीया रीता घर्र्तिमगर र सोही स्थानकी २२ वर्षीया पूजा घर्तिमगरलाई नौ किलो चरेससहित यसैसाता प्रहरीले बोहोरागाउँबाट पक्राउ गरेको थियो ।
प्रनाउ बस्नेतका अनुसार चरेसमा ठूलो सञ्जाल प्रयोग हुने भएकाले प्रमुख व्यक्ति समात्नै गाह्रो हुने गरेको छ । बागलुङबाट बुटवल, काठमाडौँ, पोखरा, चितवनलगायत ठूला सहरमा चरेसको कारोबार हुने गरेको प्रहरीले जनाएको छ ।
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
अमेरिकामा १ करोड १ लाख ५५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ४ लाख ५४ हजारले खोप लगाए
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
प्रतिक्रिया