शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १३:३३
वासिङटन डिसी 02:48

क्षतविक्षत अवस्थामा युवकको शव फेला

इनेप्लिज २०७१ चैत २२ गते १४:४० मा प्रकाशित

कलैया, २२ चैत । बारा जिल्ला रामपुर टोकी गाविस–७ खुटुवा जब्दी गाउँ नजिकैको खेतबाट आज बिहान करिब २५ वर्षीय एक युवकको क्षतविक्षत अवस्थामा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आज बिहान गाईबस्तु चराउन गएका गोठालाले सो शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको टाउको, घाँटी, छातीमा धारिलो हतियार प्रहार गरिएको र अनुहार क्षतविक्षत भएकाले सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया