इलाका प्रशासन कार्यालय प्रमुखविहीन
देउखुरी (दाङ), २१ चैत । इलाका प्रशासन कार्यालय लमही चार महिनादेखि कार्यालय प्रमुखविहीन हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।
गत पुस १ गतेदेखि शाखा अधिकृत लेखराज केसीले स्वेच्छिक अवकाश लिएपछि कार्यालय प्रमुख नहुँदा नागरिकता, राहदानी, जनजाति, मधेसी, दलितको प्रमाणित काम हुन सकेको छैन ।
सामान्य सिफारिसका लागि पनि जिल्ला प्रशासन कार्यालय जान सेवाग्राही बाध्य भएको नागरिक समाज देउखुरीका संयोजक निमबहादुर थापाले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले इलाका प्रशासन कार्यालय लमहीमा जम्मा भएका राहदानीको सिफारिस र नागरिकता प्रमाणपत्रमा साप्ताहिक रुपमा गर्न एक अधिकृतलाई पठाउने गरे पनि अहीले सो कार्यले निरन्तरता पाउन सकेको छैन ।
प्रजिअ लोकनाथ पौडेलले इलाका प्रशासन कार्यालयले प्रदान गर्ने काम नरोकिएको जिकिर गर्नुभयो । नयाँ अधिकृत नआउँदा इलाका प्रशासन प्रमुखविहीन भएको बताउँदै गृह मन्त्रालयबाट नयाँ अधिकृत तोकिएमा लमहीलाई पहिलो प्राथमिकता दिइने बताउनुभयो ।
उत्तर क्यारोलाइनाकी एक महिलाले कोरोना सहायता ऋणबाट गरगहना,हिरा र महङ्गा समान खरिद गर्दा अदालतमा
डिसीकी नगर प्रमुख म्युरिएल बाउजरकी दिदीको कोरोनाको जटिलताबाट निधन,मर्मस्पर्शी वक्तब्य
द्रुतगतिमा गाडी चलाएका टाइगर वुड्सको खुट्टामा फलामे डन्डी राखियो,वुडको स्वास्थ्यमा सुधार
जोन्सन एण्ड जोन्सनको कोभिड-१९ बिरुद्ध एकल खोपले गम्भीर कोरोनाको रोकथाम हुने : एफडिए
टाइगर वुडले द्रुतगतिमा गाडी चलाउदा दुर्घटना हुँदा बालबाल बचे ,दुवै खुट्टामा गम्भीर चोटपटक
प्रतिक्रिया