आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०१:१४
वासिङटन डिसी 14:29

करेन्ट लागेर मृत्यु

इनेप्लिज २०७१ चैत २२ गते ४:४७ मा प्रकाशित

ElectricalSafety-300x254गौशाला, २२ चैत । महोत्तरीको सोनामाई गाविसमा शनिबार साँझ खानेपानी पाइप जडान गर्ने क्रममा करेन्ट लागेर औरही गाविस–८ बस्ने २२ वर्षीय विपीन सदाको मृत्यु भएको छ ।

सोनामाई–२ का रजनी महराको घरमा जमिनमुनि गाडिएको फलामको पाइप निकाल्ने क्रममा घरमाथि रहेको बिजुलीको ना¬ङ्गो तारमा छुँदा सदालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

करेन्ट लागेर अचेत सदालाई उपचारका लागि बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया