अनिश्चितकालीन निषेधाज्ञा हटाइयो, वार्ता सुरु
रौतहट, २२ चैत । सदरमुकाम गौरमा लगाइएको अनिश्चितकालीन निषेधाज्ञा आज बिहान ४ बजेदेखि हटाइएको छ ।
गौरमा केही दिनदेखि उत्पन्न असहज परिस्थिति सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयले शनिबार दिउँसो २ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो ।
यसैबीच आन्दोलनरत पक्षको माग सम्बोधन गर्न नेपाल रेडक्रस सोसाइटीको मध्यस्थतामा शनिबार साँझ बसेको वार्तामा कुनै सहमति हुन नसकेपछि आज बिहान ७ बजेदेखि पुनः वार्ता सुरु गरिएको हो ।
नापी र मालपोत कार्यालयको सेवा केन्द्र चन्द्रपुर नगरपालिकामा विस्तार गर्ने सरकारी निर्णयविरुद्ध केही दिनदेखि प्रदर्शन हुँदै आइरहेको छ । परिस्थिति असामान्य बन्दै गएपछि सरकारले सेवा केन्द्र विस्तार गर्ने निर्णय फिर्ता लिएको थियो ।
सरकारले सेवा केन्द्र विस्तार गर्ने निर्णय फिर्ता लिए पनि आन्दोलन नरोकिएपछि प्रजिअ मदन भुजेलले आन्दोलरत पक्षलाई वार्तामा आउन लिखित आह्वान गर्नुभएको थियो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया