बाङ्देलका सम्मानमा पोखरामा चित्र प्रदर्शनी
काठमाडौँ, २२ चैत । नयाँ वर्ष २०७२का उपलक्ष्यमा आधुनिक चित्रकला समाज(सोमा)को आयोजनामा ‘कलापुञ्ज–चौथो’को मोफसल संस्करणअन्तर्गत आगामी वैशाख १८–२० गते पोखरामा चित्रकला प्रदर्शनी हुने भएको छ ।
‘आधुनिक नेपाली कलाका पिता’ लैनसिंह बाङ्देलका विभिन्न समयका शिष्यशिष्याको संस्था सोमामा आबद्ध कलाकार र बाङ्देल स्वयम्का गरी करिब ६० चित्र पोखरा आर्ट ग्यालरी महेन्द्रपुलमा राखिने छन् ।
प्रदर्शनीमा बाङ्देल, सोमाका अध्यक्ष शङ्करराजसिंह सुवाल, उपाध्यक्ष गोविन्दलालसिंह डङ्गोल, सचिव शान्तकुमार राई, कोषाध्यक्ष रमाराज मास्के तथा सदस्य चिनीकाजी ताम्राकार, शङ्करनाथ रिमाल, हरिबहादुर खड्का, हिरालाल डङ्गोल, श्यामलाल श्रेष्ठ, हेम पौडेल, कान्ति न्यौपाने, जीवन राजोपाध्याय, टार्जन साङ्पाङ, रत्नकाजी शाक्य र नरेशसुन्दर सैंजुको प्रदर्शनीमा सहभागिता रहने छ ।
सहआयोजक सिर्जनशील कलाकार समूह र ललितकला मञ्च, पोखरा रहेको सो प्रदर्शनीसँगै कला र साहित्यिक सङ्गोष्ठी तथा पोखराका विभिन्न ठाउँ अवलोकन भ्रमण पनि गरिने छ ।
मोफसलमा नेपाली कला जागरण र विकास गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको सोमाका सचिव राईले जानकारी दिनुभयो । यसअघि गत पुसमा ‘कलापुञ्ज चौथो’ काठमाडौँमा आयोजना भइसकेको छ जसमा बाङ्देलको एक चित्र करिब रु साढे पाँच लाखमा बिक्री भएको थियो ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया