यादव पौडेल बिनाका तीन वर्ष

इनेप्लिज २०७१ चैत २१ गते ३:५२ मा प्रकाशित
1465251_457082644447350_2600101462196814033_n - Copy(1)

यादवको हत्या भएको आज तीन वर्ष पुगेछ । उसको हत्याको रात सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ । उसले युवा अवस्थामै ज्यान गुमाउनु पर्यो । एउटा उर्जाशील युवा जसले मृत्युको कल्पना गरेको थिएन । किनभने उसको कलम सशक्त थियो । विकृति विसंगती विरुद्धको जेहाद छेड्ने उसको कलम सदैव भाँचियो ।
पत्रकारिता समाज परिवर्तन र विकासको द्योतक हो । पत्रकारले गर्ने काम देश विकास र समाजको अग्रगतीतर्फ केन्द्रीत हुन्छ । तर, सबै मानिसका मित्र हुँदैनन् । सबै पेशा जोखिम विहीन छैनन् । यादव पौडेल त्यही जोखिममा पर्यो । पेशागत असुरक्षा र व्यक्तिगत सुरक्षामा ध्यान नदिँदा विश्वमा धेरै पत्रकारले ज्यान गुमाएका छन् । यादव पनि यस्तै असुरक्षाको मारमा पर्यो । उसको मृत्युले नेपालको पत्रकारहरुको सुरक्षाको अवस्थालाई मात्र झल्काएको छैन । एक प्रकारको पाठ पनि सिकाएको छ ।

प्रतिक्रिया