मालपोत नापीमा सेवाग्राही नै नआएपछि बिहानी सेवा प्रभावहीन
भक्तपुर, २१ चैत । सरकारले सेवाग्राहीको बढी चाप हुने सरकारी निकायमा गत पुस १ गतेदेखि सुरु गरेको १२ घण्टे सेवाअन्तर्गत बिहानीको सेवा प्रभावहीन भएको छ ।
सेवाग्राहीको मुख्य चाप रहने जिल्लाको मालपोत र नापी कार्यालय मै सेवाग्राही नआएपछि बिहानको सेवा प्रभावहीन भएको हो ।
बिहान ६ देखि १० बजेसम्म एउटै सेवाग्राही नआउने गरेको मालपोत कार्यालयका कर्मचारीको भनाइ छ । कार्यालयका प्रमुख मुक्तिप्रसाद आचार्यले पुसदेखि सुरु गरेको बिहानी सेवामा अहिलेसम्म कोही पनि सेवा लिन नआएको बताउनुभयो ।
बिहान १० बजेदेखि ५ बजेसम्म मात्र कार्यालय हुदाँ पनि मध्याह्न १२ बजेपछि मात्रै सेवाग्राहीको चाप बढ्ने गरेको बताउँदै उहाँले आर्थिक कारोबार दिउँसो गर्ने र मालपोतमा रहेको बैंकको कारोबार १० बजेपछि मात्रै सञ्चालन हुने भएकाले पनि सेवाग्राहीले बिहानको सेवामा नआउने गरेको भन्नुभयो ।
मालपोत कार्यालयका अधिकृत गोविन्द आचार्यले दिउँसोको मात्रै सिफ्ट हुँदा पनि सेवाग्राहीको चाप बढ्दा ६ बजेसम्म नै सेवा दिने गरेको बताउँदै १२ घण्टे सेवा जुन उद्देश्यले लागु गरेको हो त्यो पूरा नभएको बताउनुभयो ।
मालपोत कार्यालय प्रशासन शाखाका नासु नारायणप्रसाद भट्टराईले बिहानी सेवा सञ्चालनले कर्मचारी अभाव भएपछि आलोपालो गरेर कर्मचारीको व्यवस्थापन गरिएको उल्लेख गर्नुभयो ।
यता नापी कार्यालयमा पनि बिहानी सेवा प्रभावकारी नभएको कार्यालयका कर्मचारीले बताएका छन् । मालपोत कार्यालयमा काम भएपछि मात्रै नापीमा काम हुने भएकाले पनि यहाँको सेवा प्रभावकारी नभएको हो । बिहानी सेवामा कर्मचारी आएपनि सेवाग्राही नआउँदा यसको कुनै अर्थ नभएको कार्यालयको भनाइ छ ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया