दुर्घटनामा एकै गाउँका चारजनाको मृत्यु
गोलबजार (सिरहा), २१ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहा र सप्तरीको सिमानामा पर्ने बलान पुलमा शुक्रबार राति मोटरसाइकल र बस एक आपसमा ठोक्किँदा एकै गाउँका चारजनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी दौलतपुर–१ का अमन सिंह, सोही ठाउँका अभिनास सिंह, शोभितलाल महतो र शत्रुधन महतो रहेका छन् । चारैजना २० देखि २५ वर्ष उमेरका छन् ।
भद्रपुरबाट काठमाडौं जाँदै गरेको ना. ५ ख ४९७३ नम्बरको चिनारी रात्रि बसमा लहानबाट पश्चिमतर्फ जादै गरेको स. ४ प ९६८९ नम्बरको मोटरसाइकल विपरीत दिशामा गएर ठोक्कएपछि दुर्घटना भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक चारैजना मोटरसाइकलमा सवार थिए ।
प्रहरीका अनुसार मृत्यु हुने चारैजनाले मदिरा र गाँजा सेवन गरेका थिए । उनीहरुको शरीरबाट गाँजा तान्ने चिलम, केही नगद रकम, परागलगायतका समानसमेत बरामद भएको छ ।
नशाले मात्तेकै कारण विपरीत दिशामा गएर मोटरसाइकल बसमा ठोक्किएको प्रहरीको भनाइ छ ।
दुर्घटनाग्रस्त मोटरसाइकल, बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ । बसमा सवार यात्रुहरु अलपत्र परेका छन् ।
बसका करिब तीन दर्जन यात्रु इलाका प्रहरी कार्यालयमै रात विताउन बाध्य भएका छन् । अहिले पनि उनीहरु अलपत्र अवस्थामै छन् ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया