अमेरिका नेपाल सहयोगी समाजले नया बर्ष २०७२ मनाउने

इनेप्लिज २०७१ चैत २१ गते १:१३ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा क्रियाशील रहेको अमेरिका नेपाल सहयोगी समाजले आगामी मे २ तारिख शनिबार नेपाली नया बर्ष २०७२ भब्यताको साथ मनाउने भएको छ l

समाजले स्थापना काल देखि नै परम्परा तथा संस्कृतिलाई प्रबर्धन गर्दै आई रहेको छ l र सो लाई निरन्तरता दिन मे २ तारिख शनिबार बिहान ११ बजे देखि साँझ ६ बजे सम्म भर्जिनिया को मनासस स्थित एक बिद्यालयमा भब्यताको साथ नया बर्ष मनाउने निधो भएको जानकारी मधु पन्थीले बताए l

र यसको लागि समितिले सबै कुराको तारतम्य मिलाई रहेको छ भने बिस्तृत जानकारी छिट्टै लिएर आउने बताएका छन् l

तीज पर्व अपार सफलता पुर्वक मनाउदै आएको संस्थाले सदस्यहरुबाट उठाइएको रकम तथा आगामी नया बर्षमा संकलन गरिएको रकमले समाज सेवा गर्ने जानकारी दिइएको छ l

प्रतिक्रिया