देशै भागि गयो कि खाडी तिर ? !

इनेप्लिज २०७१ चैत २० गते २१:१३ मा प्रकाशित

Ram C Sharma (2)

 

 

 

 

 

 

 

 

 

 

नेपालि मन यो चसक्क छ यहा नेपाल काहा गयो

नेपालि पनको सुसंस्कृति सबै डढेर स्वाहा भयो

भेटिन्नन अब ति पुरातन रिति संस्कार नौलो भयो

राम्री जन्मनु दोष नारि हरुमा तेजाब लौरो भयो

माता बृद्ध भईन पिता चल बसे स्याहार बोक्ने भयो

बृद्द्धाश्रम तिर खेदीइन ति बिचरि मुटु न घोच्ने भयो

पर्बै पर्ब थिए छ देश धनि यो बिस्वास धरमर भयो

गाई पुजन छाडी नास्तिक भए भैंसीमा हरहर गयो

नाता बन्धनका कलत्र हरुमा लिङ्गीय त्रिस्ना सर्यो

आफ्नै छोरी हुने बलात्कृत यहा उत्पात पैदा गर्यो

भाइ भाइ फुटेर अंश झगडा निर्धोमा सास्ती गयो

माया मोह र स्नेह चेलीहरुमा सम्पर्क नास्ती भयो

पार्टी राजनीति सिसासरि बनि बोलीमा फुट्ने भयो

नेता लालचमा फसे चरिसरी बिस्वास टुट्दै गयो

धनको होड चल्यो पदार्थ त कहा मानिस बिक्रि भयो

देशै बिक्रि भयो इमान न रह्यो मन्दिर टुक्री गयो

धर्मै खातिर त्यो अधर्म हुन गो साट्नु बदल्नु भयो

कसठै साथ निभाउने रिति भयो अस्तित्व मेट्नु भयो

कत्ति छट्पटीनु बिहीन जलको माछा बराबर भयो

देशै भागि गयो कि खाडी तिर लौ नेपाल काहा गयो

प्रतिक्रिया