पोर्चुगलमा “हमाल ट्रष्ट” नामक परोपकारी सामाजिक संस्था गठन

इनेप्लिज २०७१ चैत १९ गते १६:३९ मा प्रकाशित

11106441_10205404953396861_842861831_nलामो समयदेखी पोर्चुगलमा वसोवास गर्दै विभिन्न सामाजिक गतिविधीहरूमा सकृय हमाल परिवारद्वारा एक करोड रूपैयाको “हमाल ट्रष्ट” नामक परोपकारी सामाजिक संस्था गठन भएको छ । गत सोमवार पोर्चुगलमा नेपाली अवैतनिक वाणिज्य दुतावास स्थापना भएको पहिलो वार्षिकोत्सवको अवसरमा वाणिज्यदुत मकर बहादुर हमालद्वारा आयोजित एक औपचारिक कार्यक्रमका विच नरेन्द्र हमालको अध्यक्षतामा सो ट्रष्टकोषको घोषणा गरिएको हो । कार्यक्रममा विभिन्न देशका कुटनितिक नियोगका राजदुत तथा प्रतिनिधिहरू, पोर्तुगिस विदेश मन्त्रालयका निर्देशक, संविधान सभाका सभासदद्धय गगन थापा,धनराज गुरुङ तथा पोर्चुगलमा नेपालीहरूद्वारा संचालित विभिन् संघसंस्थाका प्रतिनिधीहरू लगायत अनलाईन मिडियाकर्मीहरूको उपस्थिती रहेको थियो ।

देशमा छट्पटाईरहेका पिडितहरूका लागि शिक्षा र स्वास्थ्यमा लगानी गर्ने मुलउद्देश्य सहित उक्त ट्रष्टको घोषणा गरिएपश्चात मन्तव्यको क्रममा नेपाली कांगेसका युवानेता तथा सभासद् गगन थापाले ट्रस्टको स्थापना अत्यन्तै सकारात्मक रहेको वताउदै देशमा छट्पटाईरहेका गरिव निमुखा, असहाय र दिनदुखीहरूका लागि उक्त कोषले मलमपट्टी लगाउन सक्ने विश्वास गर्दै आफु पनि सहकार्य गर्न इच्छुक रहेको वताएका थिए । थापाले देशविकासका लागि यस्ताखाले सामाजिक अवधारणाहरूले ठुलो टेवा दिनसक्ने तथा प्रवासमा रहेका नेपालीहरूले राष्ट्र र राष्ट्रियताप्रती देखाएको चासो अत्यन्तै सहरानिय रहेको वताउदै यस्ता सामाजिक गतिविधीहरूमा अरू धेरै नेपालीहरूलाई समाहित हुन आग्रह गरेका थिए ।

ट्रष्ट घोषणा तथा नेपाली अवैतनिक वाणिज्य दुतावासको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुभएका समाजसेवी मोहनकुमार थापाले दिनुभएको जानकारीअनुसार, विगत २० वर्षदेखी पोर्चुगलमा स्थायी वसोवास गर्दै आएका हमाल परिवारहरूले रेस्टुरेन्ट, सुपरमार्केट लगायत विभिन्न क्षेत्रहरूमा व्यावसायिक गतिविधीहरू सफल रूपमा संचालन गर्दै आईरहेका छन् भने समाजसेवी भावनासंगै विभिन्न सामाजिक क्षेत्रहरूमा समेत सहयोगी हातहरू लम्काईरहेका छन् । पोर्चुगलमा हाल मकर बहादुर हमाल अवैतनिक वाणिज्य दुत, पूर्ण हमाल एनआरएनए र जनसम्पर्क समितिको संस्थापक अध्यक्ष, सुर्य हमाल एनआरएनए आईसिसि सदस्य तथा अन्य थुप्रै हमालहरू विभिन्न क्षेत्रहरूमा सामाजिक कार्य गरिरहेका छन् । हमालहरूको आपसी सहकार्य सकारात्मक रहेकै कारण उक्त कोषको नाम समेत ‘हमाल ट्रष्ट’ राखिएको जनाईएको छ

फोटो फाईल- मोहन कुमार थापा

प्रतिक्रिया