‘म’ पनि अजीवको रहेछु
कति त्यागी , कति परोपकारी
कति निस्वार्थ
आफुले कहिल्यै खाईन
आफैंले कहिल्यै अमल गरिन
दिएँ केवल दिएँ
मौका पर्योकी दिएँ
मौका पारेर दिएँ
दिई रहेछु – सायद दीईनै रहनेछु
अर्ती र उपदेश !
कुनै पदमा रहन नरुचाउने मित्र भन्दै थिए
‘भाई’ यतिविधि संघ – संगठन छन्
यति धेरै पधाधिकारी छन् – संम्झेर साध्य छैन
खुट्टा राख्ने ‘ठाम’ छैन
नयाँ संगठनको नाम जुराउन पनि
अबत नाम हरु पनि पाईन्न होला
म त अब कुनै पद नभएका मानिस हरुको एउटा संगठन खोली
त्यसैको अध्यक्ष्य पो बनू की
कमसे कम एउटा प्यानल को त होईन्छ
पदाधिकारी !
वेला न कुवेला”अको आकै “‘ गरी – झर्को लाग्थ्यॊ
उठाउदिन भन्दा नि धरै पाईन्न थ्यो
पछि पछि पातलो हुँदै गयो – राम्रै भयो
सोधेको उत्तर आउंथ्यो – पछि पछि call miss भाको सूचना पाईन्थ्यो
व्यास्त होलान भनेर चित्त बुझाईन्थ्यो
विस्तारै voice mail मा पो जान थाल्यो
हिजो आज त मेसेज बक्स full छ रे
समाचार छोडने ठावै हुन्न
उनलाई पर्दा 24/7 रे
हाम्रा निम्ति उनका फोन मा ब्याट्री जो हुन्न !
फोन
उनीहरु दुवै संगै काममा जान्छन
उत्तिकै थाकेर आँउछन्
एउटा चै आराम गर्छ
अर्काले पकाउनु पर्छ
घरको सबै थोक उसैले सम्हाल्नु पर्छ अनि
आराम गर्नेले
भोली पल्ट ‘काम गर्ने ‘ को
हक हीतको मुद्दा उठाउँछ
र , यस्ता घरेलू शोषण विरुद्ध
ठूलो संगठन खुल्छ
अनि ऊ त्यसको सभापति बन्छ
समाज यसरीनै चलिरहेको छ
समाज – यसरी नै चल्छ !
प्रतिक्रिया