एक करोड राशीको हमाल ट्रस्ट पोर्चुगलको स्थापना
लिस्वन, पोर्चुगलमा नेपाली व्यवशायी घराना हमाल परिवार ले १ करोड रुपैया को हमाल ट्रस्ट को गठन गरेका छन् l ट्रस्टको मुख्य उद्देश्य आर्थिक विपन्नता रहेका नेपालीहरुलाई स्वास्थ्य र शिक्षामा लगानी गर्ने रहेको बताईएको छ l पोर्चुगल लिस्वनमा नेपाली अवैतनिक वाणिज्य दुतावास को स्थापना भएको बर्षगाठको अवसरमा वाणिज्य दुत मकर बहादुर हमाल ले सोमबार आयोजना गरेको एक बिशेष कार्यक्रममा विभिन्न देशका कुटनैतिक नियोगका राजदुत, प्रतिनिधि, पोर्तुगिज विदेश मन्त्रालयका निर्देशक, संबिधान सभाका सभासद द्धय धनाराज गुरुङ, गगन थापा एबम यहाँ स्थित नेपाली संघ सस्थाका प्रतिनिधिहरुको उपस्थितिमा उक्त ट्रस्टको घोषणा गरिएको हो l
सोही अवसरमा सभासद गगन थापा ले ट्रस्टको स्थापना अत्यन्तै सुखद रहेको बताउदै, आफु ट्रस्ट संग सहकार्य गर्दै अघि बढन ईच्छुक रहेको बताए l नेपालको विकासका लागी यस्ता खाले कार्यले ठुलो टेवा दिने बिश्वास व्यक्त गर्दै प्रवाशमा रहेका अरु नेपालीहरु लाई समेत समाहित हुन आग्रह गरे l
करिब २० बर्ष देखि पोर्चुगलमा रेस्टुरेन्ट, सुपरमार्केट लगायतका क्षेत्रमा सफल कहलिएका हमाल परिवार विभिन्न सामजिक गतिविधिमा पनि उत्तिकै सहयोगी र सक्रिय रहेका छन् l हमाल परिवारबाट मकर बहादुर हमाल अवैतनिक वाणिज्य दुत, पूर्ण हमाल एनआरएनए र जनसम्पर्क समितिको संस्थापक अध्यक्ष, सुर्य हमाल एनआरएनए आईसिसि सदस्य छन् भने हाल सम्म संघसस्थाहरुको नेतृत्वमा नरहेका नरेन्द्र हमाल ट्रस्टको अध्यक्ष रहेका छन् l
फोटो ज्याक्सन सेभेनको फेसबुक बाट लिईएको हो l
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
अमेरिकामा १ करोड १ लाख ५५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ४ लाख ५४ हजारले खोप लगाए
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
प्रतिक्रिया