लखनपुरमा बसाइँसराइ बढ्यो
दमक, १९ चैत । झापाको लखनपुर गाविसमा बसाइँ सरेर आउने क्रम बढेको छ ।
यस वर्षको ११ महिनामा बसाइँ सरेर जानेकोभन्दा आउनेको सङ्ख्या झन्डै तेब्बर बढिरहेको गाविसले जनाएको छ । विकासका धेरै पूर्वाधार रहेको तथा गाविस भएर पनि सडक, विद्युत् तथा अन्य सुविधा सहज भएका कारण बसाइँ सरेर आउने क्रम उच्च रहेको गाविस सचिव राजकुमार शाक्यले बताउनुभयो ।
यससँगै नजिकै रहेको दमक बजारको तुलानामा बसोवास र जमिनसमेत सस्तो रहेका कारणसमेत आवासीयरुपमा लखनपुर आकर्षकस्थल बन्दै गएको गाविस सचिव शाक्य बताउनुहुन्छ ।
दमकका आधाभन्दा बढी वडाको तुलनामा लखनपुरमा विकासका पूर्वाधार शिक्षा, सञ्चारलगायतको पहुँच सहज भएकाले पनि बसाइँ सरेर आउनेको रोजाइ भएको हुनसक्ने उहाँको भनाइ छ ।
लखनपुरमा यस वर्षको वैशाखदेखि फागुन मसान्तसम्म बसाइँ सरेर ६६७ परिवार आएका छन् । यसरी बसाइँ सरेर आउनेमा अधिकांश पूर्वी पहाडी तथा ग्रामीण क्षेत्रका सर्वसाधारण रहेका छन् ।
तर यस गाविसबाट अन्यत्र भने जम्मा २७२ परिवार गएका छन् ।
क्यालिफोर्नियाका सेफ ध्रुव थापा टप टेन सेफमा चुनिए
ट्रम्पले आफू बिरुद्ध मतदान गरेकी अलास्काकी सिनेटर बिरूद्ध अभियान चलाउने चेतावनी
अमेरिकामा १ करोड २४ लाख ४७ कोरोनाबाट मुक्त,८ करोड ७९ लाख १२ हजारले खोप लगाए
टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु
डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
प्रतिक्रिया