सामुदायिक अस्पताललाई एक करोड बराबरको उपकरण सहयोग
लमजुङ, १८ चैत । लमजुङ जिल्ला सामुदायिक अस्पताललाई जर्मनीको डिएचएम कम्पनीले रु एक करोडभन्दा बढी मूल्य पर्ने स्वास्थ्यसम्बन्धी उपकरण उपहारस्वरुप सहयोग गरेको छ ।
मानव विकास तथा सामुदायिक सेवाले सामुदायिकरुपमा सञ्चालन गरिरहेको जिल्ला अस्पताल समेत रहेको लमजुङ जिल्ला सामुदायिक अस्पताललाई हाडजोर्नीको शल्यक्रिया गर्न आवश्यक उपकरण सहयोग गरेको हो ।
सामुदायिकरुपमा सञ्चालनमा आएयता सो कम्पनी अस्पतालको प्रमुख दातृ निकायको रुपमा रहेको छ । अस्पतालका प्रमुख डा विष्णु विष्ट थापाले
हाडजोर्नीको शल्यक्रियाका लागि आवश्यक पर्ने अर्थोपेडिक्स उपकरण साथै अन्य थुप्रै उपकरण तथा सामग्री अस्पताललाई प्राप्त भएको जानकारी दिनुभयो ।
उपकरण प्राप्त भएपछि अस्पतालको विशेषज्ञ डाक्टर सेवाका साथै हाडजोर्नीसम्बन्धी धेरै शल्यक्रिया गर्न सकिने अस्पतालका हाडजोर्नी विशेषज्ञ चिकित्सक सुरेश थापाले बताउनुभयो ।
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
सिनेटद्वारा मिसिगनकी पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जा सचिवमा अनुमोदन
दुई वर्षको कानुनी लडाई पछि ट्रम्पको गोप्य कर विवरण जिल्ला अधिवक्ताको हातमा
लेडी गागाको कुकुर घुमाउनेको छातीमा गोली प्रहार गर्दै फ्रेन्च बुलडग नामक दुई कुकुर चोरी
प्रतिक्रिया