… तर त्यसै गयो
इनेप्लिज
२०७१ चैत १८ गते ०:३६ मा प्रकाशित
कति चाहना बोकी
तिम्रो छेउ आएको थिएँ
तर के लाग्छ !
मुस्कुराउने बेलामा
तिमीलाई रिस उठ्यो
बुझेको छु
तिम्रो रिसाउनु पनि
माया नै हो
अनि
मुस्कुराउनु पनि
माया नै हो
बुझेको छु
पानी पानी नै हो
तातो भए पनि
चिसो भए पनि
तर परिहाल्छ फरक
तातो र चिसोको मात्रा हेरि
उपयोग र उपभोगमा
कति चाहना बोकी
तिम्रो छेउ आएको थिएँ
तर त्यसै गयो
मुस्कुराउने बेलामा
तिमीलाई रिस उठ्यो
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
राजधानी मन्दिरमा नेपाली पण्डित मोतिलाल शर्माबाट— स्वस्थानीको सॉगे (भिडियोसहित)
अमेरिकाको मिसिगनमा १४ बर्षिय किशोरीले हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
एफडिएले अमेरिकामा जोन्सन एण्ड जोन्सन सहित कूल तीन खोप बनाउने प्रतिष्ठानलाई आपतकालीन प्रयोग गर्न खोपको स्वीकृत
प्रतिक्रिया