लोमान्थाङमा चिसोले च्याङग्रा र चौँरी मर्न थाले
मुस्ताङ, २५ फागुन । बाक्लो हिउँ जमेका कारण बढेको अत्यधिक चिसोले लोमान्थाङमा धमाधम च्याङग्रा र चौंरी मर्न थालेका छन् ।
चरन क्षेत्र पूरै हिउँले ढाकिएका कारण एक हप्तादेखि किसानले आफ्ना पशु चौपायालाई बाहिर निकालेका छैनन् । घाँस अभाव र चिसोका कारण एक हप्तामा लोमान्थाङमा २० भन्दा बढी च्याङग्रा र चौँरी मरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।
“एकै गोठमा धेरै मरेका छैनन्, तीन/चारवटाका दरले मरेका छन्, किसानले आफ्नो पशु चौपायालाई पुरानो घाँस खुवाएर पालेका छन्”–उहाँले भन्नुभयो–“मौसममा सुधार आए पनि हिउँ पग्लन समय लाग्दा यस्तो समस्या आएको हो ।”
लोमान्थाङका अधिकांश घरमा च्याङ्ग्रा र चौँरीपालन गरिएको छ । चिसाले चौँरीभन्दा च्याङ्ग्राहरु बढी मरेको अनुमान गरिएको छ । चरनका लागि गएका थुप्रै च्याङ्ग्रा चरण क्षेत्रमै मरेको अनुमान गरिएको प्रमुख शेरचनले बताउनुभयो ।
पशु चौपाया धमाधम मर्न थालेपछि किसान निकै समस्यामा परेको बताइएको छ । दसैं–तिहारलाई लक्ष्यित गरी पालिएका च्याङ्ग्राहरु मरेपछि नेपाली बजारको माग थेग्न तिब्बती किसानले पालेका भेडाच्याङ्ग्रामै बढी निर्भर हुनुपर्ने बाध्यता सिर्जना भएको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया