नेतृत्व तहमा नारी नहुँदा समाज रुपान्तरणमा समस्या: मन्त्री बस्नेत
भक्तपुर, २४ फागुन । उद्योग मन्त्री महेश बस्नेतले नारीहरुलाई नेतृत्व तहमा लैजान नसक्दा समाज रुपान्तरणमा समस्या आएको बताउनुभएको छ ।
अनन्तलिङ्गेश्वर नगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले समाज रुपान्तरणमा नरनारीको भूमिका उत्तिकै रहने चर्चा गर्दै समाजले नारीको भूमिका गौण राख्न नहुने बताउनुभयो ।
नारीहरुले आफूले आफैँलाई कमजोर महशुस गर्न नहुने बताउँदै मन्त्री बस्नेतले समाज रुपान्तरणमा नारी आफैँ अग्रसर हुनुपर्दछ भन्नुुभयो ।
युवालाई स्वदेशी उत्पादनमा लगाएर स्वेशमा नै रोजगारीको सिर्जना गर्नुपर्ने बताउँदै उहाँले युवा वर्ग रोजगारी सिर्जना गर्ने काममा लाग्नुपर्नेमा जोड दिनुभयो ।
अनन्तलिङ्गेश्वर नगरपालिका क्षेत्र पर्यटकीय रुपमा रमणीय भएकाले यहाँको प्राकृतिक स्रोत र साधनको सदुपयोग गर्दै धार्मिक तीर्थस्थल एवम् पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रतिक्रिया