गाउँभर विद्युत् प्रवाह, करेन्ट लागेर एक जनाको मृत्यु
धनकुटा, २४ फागुन । धनकुटाको वसन्तटारमा विद्युत् प्रवाह भई करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । अकस्मात् गाउँभर विद्युत् प्रवाह भई करेन्ट लाग्दा वसन्तटार–१ ठाडागाउँकी २५ वर्षीया नीरमाया लामिछाने मगरको मृत्यु भएको हो ।
मोबाइल चार्ज गर्दै गर्दा करेन्ट लागेर गम्भीर घाइते भएकी मगरको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । विद्युत् प्रवाह हुँदा स्थानीय १५ वर्षीया सानु मगर पनि घाइते भएकी छन् । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
आकस्मिक विद्युत् प्रवाह हुँदा ठाडागाउँका करिब ५० घरमा क्षति पुगेको छ । गाउँका अधिकांश घरमा विद्युत्को मिटर पड्किएको छ । त्यस्तै कतिपय घरमा विद्युत्को तारमा आगो लागेको छ भने धेरै घरमा वायरिङ र बत्ती जलेको राजारानी प्रहरीले जनाएको छ । विद्युत् प्रवाह हुनुको कारण भने खुल्न सकेको छैन ।
टेक्ससको ड्यालसको फोर्टओर्थमा गोलीबारी चल्दा ६ जना घाइते
न्यूयोर्क राज्य विधानसभा सदस्य मा. जेनिफर राजकुमारसंग फिफ्नाको भेटघाट
राजधानी मन्दिरमा नेपाली नयाँ बर्ष २०७८ को कार्यक्रम हुने
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ८१,७६९ संक्रमित,९५६ जनाको मृत्यु
न्यूयोर्कमा सिटी काउन्सिल जिल्ला २५ का उम्मेदवार यी(एन्डी)चेनको समर्थनमा कार्यक्रम हुने
प्रतिक्रिया