कार्यालय प्रमुखले औषधि सेवन गरेनन्
इनेप्लिज
२०७१ फागुन २४ गते ५:०३ मा प्रकाशित
दार्चुला, २४ फागुन । हात्तीपाइले रोगविरुद्धको औषधि शनिबार जिल्लाभर एकैसाथ खुवाइए पनि जिल्लास्थित अधिकांश कार्यालय प्रमुख एवम् सुरक्षा निकायका प्रमुखले सेवन गरेनन् ।
सबै औषधि केन्द्रमा स्थानीयवासी प्रायः सबैले औषधि सेवन गरे पनि प्रजिअसहित अधिकांश कार्यालय प्रमुखले नगरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । प्रजिअ प्रेमसिंह कुँवर, प्रहरी प्रमुख नैनसिंह कार्की तथा स्थानीय विकास अधिकारी बद्रीप्रसाद तिवारीले उच्च रक्तचापका कारण औषधि सेवन नगरेको बताउनुभयो । अनुसन्धान अधिकृत दण्डपाणि पौडेलले भने आफूले औषधि सेवन गरेको बताउनुभयो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया