सहदेव पौडेलको “माटो र मन” प्रकाशित हुँदै
इनेप्लिज
२०७१ फागुन २३ गते १३:४६ मा प्रकाशित
न्यूयोर्कमा बसेर अनलाइन रेडियो हिमाली स्वरहरू सँगै साहित्यिक कार्यक्रम “सृजनाका यात्राहरू”का संयोजन गर्नु हुने सर्जक सहदेव पौडेलको पहिलो कविता कृति “माटो र मन” प्रकाशित हुँदैछ। घरदेश, परदेश र आफ्नो परिवेशमा देखेको र भोगेको भावनाहरुलाई ६४ वटा कविता मार्फत प्रस्तुत गरिएको छ।
“माटो र मन” साहित्यिक वेब पत्रिका खसखस डट कमले प्रकाशन गर्दै छ।”माटो र मन”को ईपुस्तक संस्करण अमेजन डट कममा पनि उपलब्ध हुनेछ। साथै केही कविताका अडियो र भिडियो हिमाली स्वरहरुले निर्माण एवं प्रसारण गर्ने छ। पुस्तक प्रकाशनको संयोजन नेपालबाट किताबवालाले गरेको छ।
“माटो र मन” अप्रैल महिना भित्र पाठकहरुको हातमा पुग्ने सर्जक सहदेव पौडेलले जानकारी दिनु भएको छ।
न्युयोर्क सिटी काउंसिल डीस्ट्रिक्ट २५, ई चेन को सघाउन नेपाली समुदायको तर्फबाट दिपेन्द्र लामा
अमेरिका-मेक्सिको सीमामा ३ हजार २ सय आप्रवासी बालबालिका हिरासतमा अड्किए
मिजोरीको सेन्ट लुइसमा भएको गोलीकाण्डमा ९ बर्षिय बालकको मृत्यु
पूर्ण खोप लगाएका व्यक्तिहरू मुखावरण बिना र सामाजिक दूरी बिना नै भेटघाट गर्न सकिने : सिडिसी
न्युयोर्कको माछा बजारमा किशोरी मृत अवस्थामा प्लास्टिकको पोकामा बेरिएको फेला
प्रतिक्रिया