बुधबार, मंसिर १० २०७७
काठमाडौं १७:२७
वासिङटन डिसी 06:42

मोरङमा दुईको मृत्यु

इनेप्लिज २०७१ फागुन २३ गते ९:०३ मा प्रकाशित

Morang_district_location_mapविराटनगर, २३ फागुन । मोरङमा आज दुई जनाको मृत्यु भएको छ ।

एक जना नहरको पानीमा डुबेर र एक जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । विराटनगर–४ स्थित मानगढ नहरमा स्थानीय ६४ वर्षीय इन्द्रबहादुर बम्जन (तामाङ) गए राति १२ः१५ बजेको समयमा मृतावस्थामा तथा विराटनगर–५ बस्ने ४५ वर्षीय रवीन्द्र अधिकारी आफ्नै घरमा आज बिहान ६ः१५ बजेको समयमा आत्महत्या गरेका अवस्था फेला परे ।

दुवै शव परीक्षणका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया