टङ्कप्रसाद खरेल व्यङ्ग्यकार

इनेप्लिज २०७१ फागुन २३ गते ०:४४ मा प्रकाशित

kharel

०३/०५/२०१५

टङ्क प्रसाद खरेलको जन्म १९५५ सेप्टेम्बर २२ आँपचौर, गुल्मीमा भएको हो । नेपालमा वि.कम. गरी हाल सन् १९९८देखि हुस्टन टेक्सासमा सेटल भएका छन् । जन्म ठाउँबाट मोतीपुर, लौगाई, कपिलवस्तुमा स्थायी बसोबास थियो र उनका माता सुमित्रा देवी खरेल र पिता खिमलाल (खिमानन्द) खरेल हुन् । सबैलाई छाडेर आप्रवासमा बस्नु पर्दा उनलाई भएको पीडा उनका कृतिहरुमा देखिन्छ । उनका प्रकाशित कृति २ वटा छन् ।  १. ‘बलिको बोको’ (हास्य व्यङग्य कविता संग्रह) २. ‘बन्दुकको नाल, शान्ति र भाग बण्डा’ कविता सङ्ग्रह ।

बलिको बोको’ (हास्य व्यङग्य कविता संग्रह)

बलिको बोको’ (हास्य व्यङग्य कविता संग्रह) २०७० भाद्रमा नवकला पब्लिकेशन, काठमाडौंबाट प्रकाशित भएको हो । यसमा ५१ वटा कविता छन् । यिनको उद्देश्य नेपाली समाजको कुरीति कुसंस्कार, विकृति विसङ्गति आदिबाट समाजलाई मुक्त गर्न तिनको पर्दाफास गर्न प्रयास गर्नुरहेको छ । पींडाली अर्याल र पाण्डेहरुले खनेको खोरियामा टङ्क पनि खेती गर्न चाहन्छन् । अभैm यो कृति नेपालमा मात्र हैन आप्रवासका पीडा उजागार गर्न पनि उत्तिकै सक्षम छ ।

जिन्दगी भत्भती पोल्छ दावानल वरिपरि

दुःखमा मृग तृष्णा भै मातृ याद घरिघरि ।।४।।

–मोह त्याग

‘सपनीमा देखें विपनीमा लेखें’ कविता नेपालका शहर गाउँ घरमा फोहोरी मान्से नारीहरूका सफाइ नभएको कुरालाई ? व्यङग्य गर्नुसम्म गरेका छन् । त्यस्तै मलयाका लाहुरेहरूले त्यति धेरै कमाएर पनि राम्ररी उपयोग नगरी जथाभावी उडाएको देखेर टङ्क लेख्छन् ‘लाहुरे मलायाको पैसा नल्याको’ । ‘कुकुर’ कविता पशु कुकुर र मान्छे कुकुर जो विकृत नोकरशाही प्रवृति छ त्यसलाई पर्दाफास गरेका छन् । ‘अच्छा लेकिन साले’ आजको जातपात युवा युवती र वृद्धहरूको मन र  व्यवहारमा आएका विकृतिलाई उदाङ्ग पारेको छ ।

हँसाउने यी कविताका तुकान्तकहरु एक श्लोक आफैमा  स्वतन्त्र भएर आएका छन् र कुनै रुढीका पक्षमा छन् भने बुढीलाई फालेक विचारमा छन् । जस्तै ः

बाटामुनि दमाइकी देखे पछि छोरी

पुरेत बाजे फँसे छ महमा झिंगा सरी ।

–       माया प्रीति

माया प्रीतिलाई लिएर जातभात केही रहन्न भन्ने मात्र हैन उनले देशी विदेशीको माया गर्ने तरीकाको तुलना पनि गरेका छन

हाम्रो तिर बत्ती निभाई मायाप्रीति जोड्छन्

विदेशतिर भेट हुँदा थुतुनो पो जोड्छन्

–       माया प्रीति

यद्यपि जातपातका कुरा आज भोलि यसरी लेख्नु हुदैन तै पनि यी हास्य व्यङग्यका गाइजात्रे पत्रिकाले जस्तो लेख्ने भएकोले हाँस्न पाइने भएर क्षमा गर्दछन् तर सकेसम्म नारीलाई होच्याएर र दलित र पीडितलाई होच्याएर लेख्नु हुँदैन । विकृतिको व्यङग्यबाट उछितो काड्न भने यी कवितात्मक तुक्काहरु सक्षम छन् l

छिटो हाल्ने मान्छेसित बाउनी पोइला गइछ

हाकिम सापकी छोरी पनि ड्राइभर्नी पो भइछ

–       माया प्रीति

छाके काली सुन्दरीको पति हिरो रै’छ

माया प्रीति भन्ने कुरा पनि अचम्मको रै’छ

–माया प्रीति

वास्तवमा प्रीतिको अगाडि रूप, रंग, वर्ण, लिङ्ग, जातजाति कुनैको सीमा रहदैन । यो एकातिर राम्रो पक्ष हो भने अर्कातिर त्यो शोषणको लागि प्रयोग भएको पनि पाइएको छ । त्यो गलत हो ।

‘फेसन फिक्र’ कविता पनि यस्तै नारीको फेसन प्रति देखिएको विकृतिमा व्यङग्य हो ।

उमेर पुगेको छोरी नारीको व्यवहारमा देखिएको विकृतिमा व्यङग्य हो यो ‘मुख खोल्न सकिन’ । यही उमेरका छोरी हैन बुहारीको लागि अर्ती हो – ‘आधुनिक बधू शिक्षा’ यसमा कविले आजभोलिका बुहारीलाई व्यङग्य हान्दै लेख्छन् ः

भगवान आफै आई केही गर्ने हैन

अलिकति घोट बुद्धि अन्य जुक्ति छैन ।

–       आधुनिक वधु शिक्षा

कटु सत्य, बाँच्न देऊ, गर्छिन पुकार आमा, म पनि लेख्छु यी कविताहरु एक एक पढ्दै जाँदा कुनै न छोडी सबै पढौं जस्तो लाग्छ ।

यी कविताहरू सञ्चेतना र प्रयोगवादी हैनन् । यी सरल तर व्यवहारिक हितोपदेशका कविता हुन् । तुक्का मिलाएर वेदवाक्य जस्ता सत्य कुरा बोल्छन् । सबै अनुप्रासमा आवद्ध छन् । ‘बलिको बोको’ व्यङग्य कविता सङ्ग्रहको विशेषता नै तुक्कावादीमा हास्य व्यङग्य कविता प्रस्तुत गर्नु हो ।

दोश्रो कृतिबन्दुकको नाल, शान्ति भाग बण्डाकविता सङ्ग्रह

‘बन्दुकको नाल, शान्ति र भाग बण्डा’ कविता सङ्ग्रह टङ्क खरेलको दोश्रो कविता संग्रह हो । यसको प्रकाशन नवकला पब्लिकेशन, काठमाडौंले २०७० मा गरेको हो । यसमा ७५ वटा कविता छन् । यो सङ्ग्रह आकारमा ठूलै छ । कविता जति पनि लेख्न सक्दा रहेछन् टङ्क खरेल । उनी ४ कक्षामा भएकै वेला उनले कविता लेख्थे अरे यो कुरा उनलाई त्यो बेलाको कविता जुन अभैm याद छ त्यो लेखकीयमा लेखेका छन् त्यो हो यो ः

बाबा जाने परदेश आमालाई दुःख

म त जाने स्कुलमा कसले दिन्छ सुख?

यो सन्दर्भमा लेखकीयमा उनले लेखेका छन – “माने देवता न माने ढुङगा” भने जस्तै पाठकले स्वीकारे म कवि अन्यथा विना छवि । सर्वसाधारणको पक्षमा उभिनु मेरो लवि । उनले जे लेखेका भए पनि टङ्क खरेल कवि हुन् र गीतकार पनि ।

यद्यपि उनी पार्टी विशेषका सदस्य हैनन् र आफु उनी जनपक्षीय कविताहरु लेख्छन् । प्रगतिवादी खेमाका कवि हुन् । उनको भाषा र भावको वस्तु पनि तदनुकुल नै छ । उनी पीडितको पक्षमा लेख्छन् र पीडित बुझ्ने भाषामा उनको लागि लेख्छन् भन्ने उनका यी कविताले प्रमाणित गर्दछन् ।

यी कवि आफूलाई खान लाउन कमी भएको पनि होइन । तर पनि उनी उपल्लो वर्गको लागि  होइन शोषित वर्गका कविता लेख्छन् ।

कविता के हो ? यस बारेमा उनको आत्म स्वीकृति छ ः

सार्वजनिक, सर्वजन हिताय

रसास्वादन,  गर्न सके

अमृत हार्छ तुलनामा

यस्तो मुक्ति युक्ति, अनमोल

समाजको ऐना हो कविता ।

–कविता साहित्य

समाजमा भएको विकृति र विसङ्गतिलाई  नलुकाई शोषक वर्गलाई उदाङ्ग पारी लेखिएको लयात्मक साहित्य नै कविता हो । कवि टङ्क प्रसाद खरेल नेपाली समाजमा दलित पीडित जनजाति र मधेसी भन्दैनन् तर आजको भाषामा मधेसी पनि सबै माथि भै रहेको थिचोमिचोले नेपालआमा रोइरहेकी छिन् । आमाको उद्धार गर्न क्रान्ति आऊ तिमीलाई स्वागत छ सात, सत्र सैतिस सतचालिस आए गए केही भएन ५७ को माओवादी युद्धले पनि सन्तुष्टी दिएन तै पनि त्यस्तै त्यो भन्दा अझ बढी शक्ति लिएर सतसठ्ठी आऊ भन्ने अभिव्यञ्जना उनको ‘सुस्वागतम्’ ले गरेको छ । नमुना ः

तिम्रो झुक्याउने परम्परा फेरिओस्

सात सैतिस र सतचालिसको जस्तो

मान्छेका आशाका छातीहरुमा टेक्दै

कहिले आउँदै कहिले फर्किदै

गर्छिन पुकार आमा भन्छिन् अब त साँच्चिकै आऊ

आउ कहिल्यै न फर्किने गरी आउ ।

–सुस्वागतम्

‘ईष्ट हुदैनन्’ कविताले मानिस पैसामा विकेको स्वार्थी प्राणी भएको व्याख्या गर्छ । ‘बाटो अल्मलिएको मान्छे’ खुला रुपमा प्रचण्ड र बाबु रामको नाम लिएर भन्छ ऊ कता जाने ? कही खप्तड बाबा कहाँ पुगिने त हैन ? क्रान्तिको व्याख्या र बाटो स्पष्ट न भएको कवि गुनासो छ । किन कि म पनि नेपाली हुँ, कविताले विश्व रङ्ग मञ्चमा नेपालीको सफलता र विफलताको उजागर गर्छ । उनको प्रगतिवादी कविताहरुको सन्दर्भमा ‘तेश्रो दर्जाको कविता’ मा आएको ‘ईश्वरले दिएको वरदान’ उपयुक्त शब्द हैन । यदि कोही सच्चा कम्युनिष्ट हो भने ईश्वर मान्न हुदैन । ‘कवि र कविता’ मा चोरेका कविता प्रख्यात हुन्छन् किन कि तिनीसँग साधन छ, सही कविका कविता छापिन नै नपाई कवि मोर्छन् भन्ने कविको उद्घोष छ । ‘बाँकी रह्यो स्मृति’ कविताले आजका आइप्याड र कम्प्युटर पाए अरु केही न चाहिने मान्छेका व्यवहारलाई व्यङग्य गर्छ । यसमा विश्वको इतिहास, भूगोलको र ज्ञानको वृहद् आकार देखिएको छ । ‘बाँच्नुको उद्देश्य’मा जीवनको खोज छ र अन्तमा पञ्चतत्वको शरिर पञ्चतत्वमा नै मिल्छ भने साङ्ख्यको प्रभाव छ । टङ्कका कथा र कविताका टङ्कारले कन्सिरीका रौं तताउँछन् । कविता ‘देवी देउतालाई घुस’ मा भन्छन्– नेताहरु स्वार्थी रहेछन,् आपूmहरुले बुजुर्वा डिग्री लिएर जङ्गल पस्छन्, हामी गरिबलाई बुजुर्वा डिग्री चाहिदैन भन्छन् । सब स्वार्थी रहेछन्, म पनि अब –

आपूmलाई फायदा न देखे अब

देउतालाई घुस चढाउन छोड्छु ।

यसरी व्यङग्यवाण छोड्छन् । भावना भए कलम र कविता त्यसै बग्छन् । कविता जनकल्याणकारी हुनुपर्छ भन्ने उनको मत छ ।

हुस्टनको यौटा कुनामा बसेका कविका कविता कस्ता नै होलान् भनी मूल्य कम आँकेर पठन गरिरहेको पाठक जब ‘मोक्षको चाह’ मा पढ्नपुग्छ त्यस वेला टङ्कका कविता कविता मात्र हैनन् यी राजनीति अर्थशास्त्र र जीवन दर्शनका अमोघ ज्ञानमा परिणति हुन् भन्ने अनुभव गर्छ । उनी लेख्छन् ः

जीवन र जगत् भन्दा पर

मोक्षको के प्रयोजन छ ?

साहित्य राजनीतिबाट अलग हुनुपर्छ भन्नु भूल मात्र हैन भ्रम हो धोका हो । यस कुरालाई टङ्क खरेल ‘कविता र राजनीति’ कवितामा छर्लङ्ग पारेर लेख्छन् ः

“कविता लेख्नेहरुले राजनीति गर्नुहुदैन,

राजनीति गर्नेहरूले कविता लेख्नु हुदैन”

यो कुरा अस्वीकार्य छ उनका लागि सद्विचार हुनु प¥यो भन्छन् र यो कविताको अन्तमा लेख्छन् ः

अनि त चाहे राजनीति गर्नेहरूले

कविता लेखुन्, अथवा

कविता लेख्नेहरूले राजनीति गरुन्

विचार पोख्ने अधिकार

खोस्न सक्तैन कसैले ।

यो मुख्य कुरा हो । टङ्क कवि टङ्कका कविताका यस्ता उद्धरण दिन थालियो भने तिनको वर्गीकरण र व्याख्या पनि गरेर थेसिस नै लेख्नु पर्ने हुन्छ तर यो सानो टिप्पणीमा यो भन्दा बढी लेख्न मिल्ने देखिदैन । समीक्षा यो सकियो भनेर पुस्तकको पछिल्लो पाना पल्टाएको त पहिलो हरफमा नै होमनाथ सुवेदी लेखेको देखें । आफ्नै नाउ कवितामा आएको देखेर म त्यो कविताको शीर्षक हेर्न अगिल्लो पाना फर्काउन पुगें । त्यसको शीर्षक ‘श्रद्धाञ्जली भानु’ रहेछ । पढें भाषा र साहित्यमा समर्पित भानुदेखि होमनाथ, मोहन सिटौला र आपूm कवि स्वयम् सम्मको श्रद्धा अभिव्यक्त गरिएको रहेछ । ‘बन्दुकको नाल, शान्ति र भागबण्डा’ कविता सङ्ग्रहमा कवि टङ्कप्रसाद खरेलले समसामायिक नेपाल र नेपालीका तथा विश्वका विकृति र विसङ्गतिलाई समेत उदाङ्ग पार्दै नेपाली डायस्पोरामा नेपाली भाषा साहित्यको सेवामा आफुलाई आहुति दिएका छन् ।

 

प्रतिक्रिया