आबुधाबिमा मार्च ७ मा हुने “वर्ल्ड ट्राथ्लोन सिरिज”मा नेपाली पुर्व बक्सिंग खेलाडी सहभागी हुँदै

इनेप्लिज २०७१ फागुन २२ गते २१:०३ मा प्रकाशित

 

hari khatiwada Abu Dhabi 1

फागुन २२ – “वर्ल्ड ट्राथ्लोन सिरिज” अन्तर्गत यहि मार्च ७ मा

आबुधाबिमा हुन गइरहेको प्रतिस्पर्धामा यूएईमै कार्यरत एक नेपालीले सहभागिता जनाउदैछन् |

खालिदिया प्यालेस रोटाना होटेलमा फिटनेस ट्रेनरको रुपमा कार्यरत हरि खतिवडाले उक्त

प्रतिस्पर्धामा सहभागिता जनाउन लागेका हुन् । ५०० मिटर स्विमिङ , २० कि.मि. साइक्लिंग र ५

कि.मि. रनिंग समावेस उक्त प्रतिस्पर्धामा झन्डै ५१६ जनाले भाग लिनेछन ।खतिवडा नेपालका

पुर्व बक्सिंग खेलाडी हुन् ।उनले काठमाडौँमा भएको जुनिएर साउथ एसियन गेममा समेत

नेपालका तर्फबाट बक्सिंग खेलेका थिए ।

बक्सिंगमा क्यारिएर बन्दा बन्दै ११ बर्ष अघि बिदेशिएका उनि यूएईमा आएर पनि बक्सिंग खेल्न

छोडेनन् । ५१ केजी समुहमा  २००५ सालमा  यूएई बक्सिंग फेडेरेसनद्वारा अल जजिरा क्लबमा

भएको खेलमा उनले पहिलो स्थान हासिल गरे ।सो पश्चात उनले यूएई टिमको तर्फबाट जोर्डनमा

गएर समेत बक्सिंगमा प्रतिस्पर्धा गर्ने मौका पाए ।लामो समय देखि आबुधाबिमा बिभिन्न बिदेशी

राष्ट्रका मानिस तथा यूएईका स्थानीय नागरिकलाई उनि फिटनेस ट्रेनिंग गराईरहेका छन् ।

वर्ल्ड ट्राथ्लोन सिरिज अन्तर्गत प्रत्येक बर्ष आबुधाबिमा यो प्रतिस्पर्धा हुँदै आएको छ ।यस

प्रतिस्पर्धामा बिभिन्न देशका खेलाडीहरु समेत भाग लिने गर्दछन ।आबुधाबिमा आयोजना हुने

उक्त सिरिजमा भाग लिने उनि एक्ला नेपाली हुन् ।प्रतिस्पर्धाका लागि पूर्व तयारी राम्रो रहेकाले

राम्रै नतिजा आउने उनको बिश्वास छ ।स्विमिङमा अरु भन्दा राम्रो प्रदर्शन हुनेमा उनि ढुक्क छन्

भने ५ कि.मि. रनिंगमा पनि आफुलाई बलियो प्रतिपर्धि ठानेका छन् ।साइक्लिंग आफ्नो सोख

भएको बताउने खतिवडा दैनिक कार्य अन्तर्गत नपर्ने हुँदा प्रतिस्पर्धा मध्येको साइक्लिंगमा चाहिं

सोचेको जस्तो सहज नहुनेतर्फ सतर्क रहँदै आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शनको तयारीमा छन् ।

गैर आवासीय नेपाली संघ यूएईका साधारण सदस्य रहेका उनि जर्शिमा नेपालको झन्डा टाँसेर

प्रतिस्पर्धामा भाग लिदैछन् ।शनिवार हुने प्रतिस्पर्धामा उत्साहजनक प्रदर्शनका लागि संघका

अध्यक्ष कृष्ण प्रसाद भुसालले शुक्रवार भेटेर उनलाई शुभकामना सहित नेपालको झन्डा प्रदान

वर्ल्ड ट्राथ्लोन सिरिज अन्तर्गत मार्च ७ मा आबुधबिमा बिभिन्न समुहमा बर्गिकरण गरेर

प्रतिस्पर्धा हुँदैछ ।त्यसमध्ये नेपाली पूर्व बक्सिंग खेलाडी खतिवडा सम्मिलित समुहको प्रतिस्पर्धा

बिहान १० बजेबाट शुरु हुनेछ ।आबुधाबिको मारिना मलबाट शुरु हुने सो प्रतियोगिता कर्नेस रोड

हुँदै मिना पोर्ट पुगेर पुन: मारिना मल फर्किएर समाप्त हुनेछ । प्रतियोगिता अन्तर्गत शुरुमा ५००

मिटर स्विमिङ, त्यसपछि २० कि.मि. साइक्लिंग र अन्त्यमा ५ कि.मि. रनिंग हुनेछ ।उक्त

प्रतिस्पर्धाका लागि आबुधाबीको कर्नेस रोड साँझ ७ बजेसम्म अन्य सवारी साधनका लागि बन्द

hari khatiwada picture

प्रतिक्रिया