भक्तपुर हात्तीपाइलेको उच्च जोखिममा
भक्तपुर, २२ फागुन । सरकारले हात्तीपाइलेविरुद्धको औषधि खुवाउन सुरु गरेको छ वर्ष बिते पनि प्रभावकारी नहुँदा भक्तपुर हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ जनस्वास्थ्य अधिकृत दिनेशकुमार चापागार्इंले भक्तपुर नगरक्षेत्र हात्तीपाइले रोगको उच्च जोखिममा रहेको जानकारी दिनुभयो । भक्तपुर नगरपालिकाका बासिन्दाले २० प्रतिशतले मात्र यसको औषधि खाएको र अरुले औषधि खान नमानेपछि यो क्षेत्र उच्च जोखिममा रहेको बताइएको छ ।
कार्यालयले यस वर्षमा भक्तपुरमा दुई लाख ९१ हजार २०८ जनालाई हात्तीपाइलेको औषधि खुवाउने लक्ष्य राखेको छ । भक्तपुरमा औषधि खुवाउने अभियान यही फागुन ३० गते सुरु भई चैत २ गतेसम्म घरघरमा गएर खुवाउने कार्यक्रम छ । यसका लागि कार्यालयले १८२ स्वास्थ्यकर्मी र एक हजार ७१७ स्वयम्सेवक परिचालन गर्ने भएको जनस्वास्थ्य अधिकृत प्रेमबहादुर थापाले जानकारी दिनुभयो ।
औषधि खुवाउँदा कुनै समस्या आएमा भक्तपुर अस्पतालमा निःशुल्क औषधि उपचार गर्ने व्यवस्था गरिएको जनाइएको छ । डा विशाल श्रेष्ठले हात्तीपाइलेको औषधि खान डर मान्नु नपर्ने बताउँदै निर्धक्क भएर औषधि खान आग्रह गर्नुभयो । उहाका अनुसार भक्तपुरमा अहिलेसम्म ५० प्रतिशत नागरिकले औषधि खाएका छन् । भक्तपुरमा २१५ जनामा हात्तीपाइलेका बिरामी भेटिएको बताइएको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया