आगलागीमा परी एकको जलेर मृत्यु

इनेप्लिज २०७१ फागुन २२ गते ३:४४ मा प्रकाशित

aaglagi1इनरुवा, २२ फागुन । सुनसरीको मधुवन–७ शुक्रबारेमा गएराति आगलागी हुँदा एकजनाको जलेर मृत्यु भएको छ भने १५ लाख रुपैयाँबराबरको धनमालको क्षति भएको छ ।

स्थानीय निर्मला खतिवडाको घरमा अचानक आगलागी हुँदा घरमा रहेका कामदार खोटाङ इन्द्रेणीपुर–९ का धनमया गिरीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सन्तोष पोख्रेलले जानकारी दिनुभयो ।

खतिवडाको घर पूर्णरुपले जलेर नष्ट भएको छ भने आगलागीको समयमा घरमा रहेकी गिरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

आगलागीमा घरमा रहेको अन्नपात, लत्ताकपडा, गरगहना नगदसहित करिब रु १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया