NRNA-NCC USA मा राम सी.पोखरेल को उपाध्यक्ष पदमा उम्मेदवारी किन ?

इनेप्लिज २०७१ फागुन २२ गते ०:४४ मा प्रकाशित
 ramSir
“नेपाल र नेपालीको पहिचान NRNA मा एकता र सहकार्यको अभियान “
विविध कारणले आफनो मातृभूमि छाडेर विदेशी भूमिमा बसोबास गर्ने हामी गैरआवासीय नेपालीहरूका  सामाजिक, आर्थिक, सांस्कृतिक एवं राजनैतिक समस्याहरूको समुचित समाधान एवं सुरक्षित भविष्य निर्माणको निम्ति सामाजिक एकबध्दता कार्यक्रमको खाचो सदैव रहिरहन्छ । गैरआवासिय नेपाली संघ ले यसको लागि भरसक प्रयत्न गरिरहेको छ । यसै हुनाले आज संसार भरि र अमेरिकामा गैर आवासीय संघ नेपालीहरूको भरोसा योग्य अन्तराष्ट्रिय संस्था बन्न पुगेको छ । यसलाई अझ उचाइमा पुरयाउन सम्पूर्ण नेपालीको साझा बनाउन हामी सबैको शुभेच्छा र सहकार्यको आवश्यकता छ ।
NRNA को उदेश्य परिपूर्ति गर्न के गर्नुपर्छ भन्ने बारे यहाहरु अनविज्ञ हुनुहुन्न तर त्यो उदेश्य प्राप्ति कसरी गर्ने भन्नेमा सबैको आ आफनो दृष्टिकोण हुन सक्छ । म आफू नेपाली समाज टेक्सास एवं ड्यालस  एभरेष्ट लाइन्स क्लब टेक्सासको पूर्व अध्यक्ष समेत रही निरन्तर नेपाली समाज बिच क्रियाशील रहदै आएको व्यक्ति भएको र आफनो विगतको अनुभवका आधारमा केही योगदान गर्न सक्छु भन्ने पूर्ण विश्वासका साथ यहाहरु समक्ष मेरो उपाध्यक्ष पदको  उम्मेदवारी प्रस्तुत गरेको छु ।
NRNA का उदेश्य प्राप्तिका लागि मैले ठम्याएका तल उल्लिखित बूदाहरुको ठोस कार्यान्वयनको लागि NRNA-NCCको आगामी निर्वाचनमा उपाध्यक्ष  पदमा मलाई मतदान गर्नुहुन सबैसंग  सविनय अनुरोध गर्दछु ।
१. विदेशी अर्थात् अमेरिकी  भूमिमा नेपाल र नेपालीको पहिचान बढाउने कार्यहरू गर्ने|
२. हरेक राज्यका स्थानीय संघ संस्थासग सहकार्य गर्ने र NRNA प्रति अभिरुचि अभिवृध्दि गर्ने |
३. आर्थिक पारदर्शिता स्थापित गर्ने र आर्थिक कोषको उचित प्रयोजनमा जोड दिने ।
४. आकस्मीक कोषको उचित व्यवस्थापनमा विशेष जोड दिनूको साथै यस कोषमा सबैको पहुच पुरयाउने लक्ष्य राखिने छ ।
५. आवश्यक समिति र उपसमितिको गठन गरी आम जन सहभागितामा अभिवृध्दि गर्ने  ।
६. दोहोरो नागरिकता प्राप्ति र दोहोरो कर प्रणालीको खारेजी विषयमा तर्कपूर्ण बहसको निरन्तरता ।
७. नेपालमा विदेशी लगानी सम्बन्धी आवश्यक नीति तर्जूमा गर्न आवश्यक पहल कदमी गर्ने ।
८. नेपाली भूमिमा पर्ने दैबी प्रकोप र नेपालको बिकासका लागि विदेशबाट गर्नसकिने सहयोग जुटाउन लागि पर्ने  ।
९. नवआगन्तुक नेपालीहरूलाई विशेष प्राथमिकताका साथ आवश्यक सहयोगक लागि संरचना तयार गरी कार्यनन गर्ने  ।
                    प्रार्थी
               राम सी पोखरेल
          उपाध्यक्ष पदको उम्मेदवार
         एन. आर. एन. एन. सी.सी.
                यू. एस. ए
usa-1-700x707

 

प्रतिक्रिया