विराटनगरमा मास्कको बिक्री ह्वात्तै बढ्यो
विराटनगर, २१ फागुन । स्वाइन फ्लुको प्रकोपबाट सुरक्षित हुन विराटनगरमा नाकमुख छोप्ने ‘मास्क’ को बिक्री ह्वात्तै बढेको छ ।
श्वासप्रश्वासको माध्यमबाट यस रोगको भाइरसको सङ्क्रमण हुने गरेकाले अधिकांश मानिसले मास्कको प्रयोग गर्न थालेपछि यसको बिक्री बढेको हो ।
मास्क बिक्री गर्ने पसलमा उपभोक्ताको घुइँचो लाग्न थालेको छ । विराटनगरको मुख्य बजारका पसल सञ्चालक सन्तोष साह भन्नुहुन्छ “केही समयदेखि विराटनगरका सबै पसल गरी दैनिक करिब पाँच हजार मास्कको बिक्री भइरहेको अनुमान छ ।”
कतिपय स्थानीय विद्यालय र क्याम्पसले आ–आफ्ना विद्यार्थीलाई मास्क प्रयोग गर्न सूचना जारी गरेपछि स्वभाविकरुपमा मास्क खरिदकर्ताको सङ्ख्यामा वृद्धि भएको हो । विकेभिएमका कक्षा ४ मा अध्ययनरत प्राची झाले मास्क लगाएर मात्र विद्यालय आउन भनेको बताइन् ।
स्वाइन फ्लु रोगको सम्बन्धमा सचेतना फैलाउन विभिन्न स्वास्थ्य संस्थाका साथै विद्यालयबाट विराटनगरमा निकालिएको प्लेकार्डसहितको ¥यालीले पनि सर्वसाधारणलाई मास्कको प्रयोग गर्नेतर्फ आकर्षित गरेको हो ।
वातावरण प्रदूषणका कारण यस रोगबाहेक विभिन्न प्रकारका भाइरसबाट सुरक्षित हुने उद्देश्यले पनि मानिस मास्क खरिद गर्न थालेका हुन् ।
विराटनगर बजारमा हिँडडुल गर्ने बटुवामध्ये अधिकांशले मास्कको प्रयोग गरेको देखिन्छ । यसका साथै मोटरसाइकल चालकका साथै पसलेले पनि मास्क लगाएर नै आफ्नो कारोबार गरिरहेका छन् ।
भारतको विभिन्न राज्यमा स्वाइन फ्लुको प्रकोपको असरबाट नेपाल पनि अछुतो नरहेको अवस्थामा सीमावर्ती विराटनगरका बासिन्दामा यस रोगको सन्त्रास अझ बढी देखिन्छ । भारतबाट सामान बोकेर सयौँ गाडी भित्रिनुका साथै दैनिक १० हजार मानिस सीमाबाट आवतजावत गर्ने गर्दछन् ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया