वन्यजन्तुको संरक्षण आवश्यक छ: मन्त्री आचार्य
रत्ननगर (चितवन), २० फागुन । वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले वन्यजन्तु संरक्षणका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।
आज चितवनको सौराहामा नेपालको पहिलो वन्यजन्तु अस्पतालको शिलान्यास गर्दै मन्त्री आचार्यले वन्यजन्तुको संरक्षण गर्नसके नेपालको स्तर अन्तर्राष्ट्रियस्तरमै महत्वपूर्ण हुने बताउनुभयो ।
मानव जीवनकै लागि पनि वन्यजन्तु आवश्यक रहेको भन्दै उहाँले उनीहरुको स्वास्थ्य सेवाका लागि अस्पताल अति आवश्यक रहेको औंल्याउनुभयो । यसले वन्यजन्तुको संरक्षणमा थप सहयोग पुग्ने विश्वास उहाँको थियो ।
कार्यक्रममा निकुञ्ज विभागका महानिर्देशक टीकाराम अधिकारीले अस्पतालमा घाइते अपाङ्ग र बिरामी वन्यजन्तुको उपचार हुने जानकारी दिनुभयो । विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्ज यहीँ रहेको हुनाले पनि यहाँका वन्यजन्तुको सुुरक्षाका लागि अस्पताल आवश्यक रहेको उहाँको भनाइ थियो ।
करिब रु दुई करोडको लागतमा निर्माण हुने अस्पतालका लागि विभिन्न क्षेत्रबाट एक करोड सहयोगको प्रतिबद्धता आइसकेको सो अवसरमा जानकारी दिइयो । चितवनमा हात्ती, दुर्लभ एकसिङ्गे गैंँडा, पाटेबाघलगायतका संरक्षित वन्यजन्तु रहेका छन् ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया