म्याग्दीमा थप २१ जना द्वन्द्वपीडित पहिचान
बेनी (म्याग्दी), २० फागुन । जिल्ला प्रशासन कार्यालय म्याग्दीले २१ जना नयाँ द्वन्द्वपीडितको राहतका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको अध्यक्षतामा बसेको द्वन्द्वपीडित विषयगत राहत सिफारिस समितिको बैठकले २१ जना नयाँ द्वन्द्वपीडितको राहतका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
अहिलेसम्म कुनै पनि प्रकारको राहत तथा सेवा सुविधा नपाएका बेपत्ता, घाइते, विस्थापित, मृतक र सम्पत्ति क्षति भएका पीडितको राहतका लागि सिफारिस गर्ने निर्णय गरेकोे हो ।
सिफारिस गरिएकामध्ये तीन बेपत्ता पारिएका व्यक्ति, छजना घाइते, एक मृतक, चार विस्थापित र सात जना सम्पत्ति क्षति भएका रहेको स्थानीय शान्ति समिति म्याग्दीले जानकारी दिएकोे छ ।
द्वन्द्वपीडित लागत सङ्कलनका लागि केही समय पहिले शान्ति तथा पुनःनिर्माण मन्त्रालयले सूचना जारी गरेको थियो ।
टेक्ससको ड्यालसको फोर्टओर्थमा गोलीबारी चल्दा ६ जना घाइते
न्यूयोर्क राज्य विधानसभा सदस्य मा. जेनिफर राजकुमारसंग फिफ्नाको भेटघाट
टेक्ससको ब्रायनमा गोली चलाई १ जनाको हत्या र ४ जना घाइते बनाउने संदिग्ध पक्राउ
राजधानी मन्दिरमा नेपाली नयाँ बर्ष २०७८ को कार्यक्रम हुने
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ८१,७६९ संक्रमित,९५६ जनाको मृत्यु
प्रतिक्रिया