अमेरिकामा “बोष्टनको चौतारी” बिमोचन ।

इनेप्लिज २०७१ फागुन १९ गते १३:४२ मा प्रकाशित

10389538_824253184312425_5166094424396850325_n

फेब्रुअरी २७, २०१५

अन्तराष्ट्रिय नेपाली साहित्य समाज, बोष्टन ले प्रकाशन गरेको एतिहासिक सगालो “ बोष्टन को चौतारी” भब्य समारोह बिच फेब्रुअरी २१ मा बिमोचन भयो ।मासाचुसेटस, क्याम्ब्रिज सिटि को सिडर स्ट्रिट स्थित हलमा बिश्वप्रसिद्द हार्वर्ड युनिभर्सिटिका प्रोफेशर एवँ बरिष्ठ साहित्यकार डा. शिव गौतमले बिमोचन गरेपछि सगसगै स्टेज रहेका साहित्यकारहरु भारति गौतम,अच्युत अधिकारी तथा हरि काफ्लेले पनि एक एक प्रति बिमोचन गरेर सार्बजनिक गरेका थिए । निकै समय लगाई मेहनतका साथ प्रकाशित सगालोमा देश बिदेशका चर्चित साहित्यकार देखि नेपाली डायस्पोराका ऊदयमान प्रतिभाहरु समेटिएका छन । जस्तो खोज्यो त्यस्तै एक से एक रचना समाबेश भएको चौतारीमा निकै धेरै नेपाली महिला साहित्यहकारलाई स्थान दिइएको छ । ५२ शिर्षकका सृजनाहरुले भरिएको बोष्टनको चौतारी २९४ पृष्ठको रहेको छ ।

 अनेसास का सचिव तथा कार्यक्रम सँयोजक यम पौडेल ले प्राय कबितामै सँचालन गरेको बिमोचन कार्यक्रममा बिशेष अतिथिको रुपमा न्यु मेक्सिको देखि आऊनुभएका एन आर एन यु एस ए को लागि सभापति पदका ऊम्मेदवार समाजसेबि डा. केशव पौडेल ले नेपाली साहित्यको ऊत्थानको लागि बिदेशमा बसेर पनि केहि गर्न सकिन्छ भन्ने मन्तब्य सहित नमुना साहित्यिक सगालो प्रकाशन गर्ने अनेसास बोष्टनलाई पाचसय एक डलर को चेक सहयोग स्वरुप प्रदान गरे ।

10991427_824254064312337_8993926783032740721_n

बोष्टनको हिऊ र पार्किङको सास्तिलाई बेवास्ता गर्दै हल भरि ऊपस्थित महानुभावलाई सँस्थाको तर्फबाट साहित्यकार महेश्वर पन्तले स्वागत गरेका थिए । त्यसैगरी अनेसास का बोर्ड अफ ट्रष्टी होमनाथ सुबेदीको सन्देश , हार्वर्ड युनिभर्सिटि प्रोफेसर डा. मिना सिँ खडकाव्दारा सरस्वति पुजा, स्टेजमा पुस्तक बिमोचन, बिमोचित पुस्तक ऊपर कबि दिपा राईले टिप्पणि, अनेसास केन्द्रिय महासचिव गोबर्दन पुजा व्दारा सँस्थाको गतिबिधि प्रकाश,जिबिएनसि का अध्यक्ष राम थापा, पशुपतिनाथ बुद्द फाऊण्डेशनका अध्यक्ष बिष्णुमणि आचार्य, नेपाली जन सम्पर्क समिति बोष्टनका अध्यक्ष तथा पुर्ब जिबिएनसि अध्यक्ष ध्रुब धिमिरे, समाजसेवि झक गुरुङ, एन डब्लु जि एन कि अध्यक्ष रुक्मणि कार्की, समेत ले शुभकामना मन्तब्य र कवि तथा साहित्यकारहरु दिपा राई, ममता कर्माचार्य, अनु शाह, दिनेश राजभण्डारी, गौरब थपलिया, शान्ति जोशीले मिठा मिठा कबिता वाचन गरेका थिए ।

कार्यक्रमका बिशेष ब्यक्तित्व डा. शिब गौतमले नेपालीहरुले बिदेशबाट गरेको योगदानको रुपमा बोष्टनको चौतारी आएको जनाऊदै यसले नेपाली भाषा साहित्यको बिकासतर्फ राम्रो माहौल सृजना गर्ने बिश्वास ब्यक्त गरेँ । अनेसास का पुर्ब अध्यक्ष अच्युत अधिकारीले बोष्टनमा शुरुमा आफुहरुले प्राइमरी स्कुल को रुपमा अनेसास स्थापना गरेको भन्दै अहिले सँस्था युनिभर्सिटिको रुपमा आइसकेको भन्दै खुसी ब्यक्त गरे । शिक्षासेबी हार्बर्ड बिश्वबिद्यालयमा अध्यापनरत डा . मिना सिँ खडकाले “ आफु न यो दलको न ऊ दलको , दल दलको बिचमा शिक्षाको कमल फुलाऊने एऊटा सानो मान्छे भन्दै रमाईलो प्रस्तुतीसगै आफ्नो शैक्षिक अभियानको बारे बताएकि थिइन ।

10403649_824258150978595_2506955100536025888_n

कार्यक्रममा ग्रेटर बोष्टन स्थित जिबिएनसि, प्याब्फोन,नेपाली जनसम्पर्क समिति, हिमालयन लायन्स क्लब,एन डब्लु जि एन,बोष्टन लोक सुसेली समुह, बृहद बिराटनगर समाज,तमु समाज, थकाली समाज लगायत नेपाली सँघ सँस्थाका पदाधिकारीहरु लगायत नरऊड देखि न्यु ह्याम्सायर सम्मका नेपाली सहभागी देखिन्थे ।

अन्तिममा मिठो खाना ब्यबस्था गरेर सबैको मन जित्ने हिमालयन बिष्ट्रोका सँचालक राम धिताल ,कार्यक्रमलाई बिबिध कोणबाट सहयोग गर्ने जितेन्द्र श्रेष्ठ बिराटनगरे, महेश सुबेदी ,सुरुचि बास्तोला, कृपा पौडेल, मधुकर अधिकारी, रञ्जन बुढाथोकी, दिनेश पाण्डे, राम के सि, प्रेम पौडेल, पेशल रेग्मी, कृष्ण खनाल , राजेन्द्र थापा, निर्मला शेरचन, कल्पना श्रेष्ठ लगायत कार्यक्रमलाई प्रतक्ष्य वा परोक्ष रुपमा साथ दिने, सहभागी हुने सबै प्रति अनेसास बोष्टनका कार्यकारी सदस्य बिजय पौडेल ले धन्यबाद दिएपछि बिमोचन कार्यक्रमको सभापतित्व गरिरहेका च्याप्टरका अध्यक्ष तथा पुस्तकका सम्पादक हरि काफ्लेले साहित्य मा ऊच्च अध्ययन गर्न चाहनेको लागी समेत बोष्टनको चौतारी ऊत्कृष्ट सगालो भएको कुराहरु राख्दै कार्यक्रम बिसर्जन गरेका थिए ।

स्मरणिय रहोस अनेसास बोष्टनले हरेक बर्ष सरस्वति पुजा गर्दै आएकोमा यसबर्ष सरस्वति पुजा कै दिन जनबरी २४ तारिक बोष्टनको चौतारी अमेरिका आइपुग्नुलाई असाध्यै राम्रो सँयोग मान्दै सरस्वतिको पुजा पनि बिमोचनकै दिन सारिएको थियो ।

फोटो : दिनेश राजभण्डारी

1904075_824252890979121_7171063911582341946_n

प्रतिक्रिया