साठीभन्दा बढी निलगाई फेला
इनेप्लिज
२०७१ फागुन १९ गते ६:३९ मा प्रकाशित
गौशाला, १९ फागुन । महोत्तरी जिल्लाको दक्षिण पश्चिम सिमानाकामा अवस्थित इटहर्वाकट्टि र मनरा गाविसमा एक्कैसाथ ६० भन्दा बढी निलगाई फेला परेको छ ।
दुर्लभ वन्यजन्तुको रुपमा रहेको निलगाई सो गाविसको वनमा एक्कासी देखिएको स्थानीय बासिन्दाले बताएका छन् ।
ठूलो सानो विभिन्न आकारका पाँच दर्जनभन्दा बढीको सङ्ख्यामा रहेका निलगाई ती गाविसको वनमा लगाइएको दलहन, तेलहन र तरकारीवालीमा प्रवेश गरेर सबै बाली खाइदिएको मनराका रवीन्द्र भगतले बताउनुभयो ।
दर्जनौँको सङ्ख्यामा निलगाई फेला परेकाबारे स्थानीय बासिन्दाले जिल्ला प्रशासन तथा जिल्ला वन कार्यालयमा जानकारी गराइसकेका छन् ।
अहिले माथिल्लो वन जङ्गलमा डढेलो, चोरी शिकारीजस्ता कार्यले गर्दा दुर्लभ वन्यजन्तु निलगाई महोत्तरीको तल्लो क्षेत्रतिर आएको स्थानीयवासी बताउँछन् ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
भर्जिनियाको सडक दुर्घटनामा एक नेपालीको दुखद निधन
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया