रौतहटमा बालविवाह विकराल बन्दै
रौतहट, १९ फागुन । रौतहट जिल्लामा बालविवाह न्यूनीकरण अझै चुनौतीपूर्ण रहेको पाइएको छ ।
बालअधिकारको क्षेत्रमा क्रियाशील सामाजिक सङ्घसंस्थाले रौतहटमा बालविवाहविरुद्ध विभिन्न कायक्रम गर्दै आए पनि बालविवाह भने रोकिएको छैन ।
एकसय जनाको विवाह हुँदा रौतहमा ३९ प्रतिशत बालविवाह हुने गरेको एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार रौतहटमा सम्पूर्ण विवाहमध्ये ५२ प्रतिशत बालविवाह हुने गरिएको छ ।
विसं २०६८ को जनगणनाअनुसार रौतहटमा १० वर्षभन्दा कम उमेरमा विवाह गर्ने बालिकाको सङ्ख्या दुई हजार ९४ जना रहेको छ । यस्तै १० देखि १४ वर्ष उमेर समूहका ३५ हजार ६०६ बालिकाको विवाह भएको तथ्याङ्क छ ।
परम्परागत सामाजिक मान्यता एवम् संस्कारको कारण सानै उमेरमा बालबालिकाको विवाह गर्ने गरेको पाइएको महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत महिला सुरक्षा दबाब समूहका कार्यक्रम अधिकृत टीका घिमिरेले बताउनुभयो ।
बालविवाह न्यूनीकरणका लागि वैवाहिक सम्बन्धको चाँजोपाजो मिलाई दिने समाजका लमी, पुरोहित, मौलवी, पण्डित एवम् अभिभावकमा जनचेतनाको अभिवृद्धि गर्नुपर्ने उहाँंको भनाइ छ ।
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
प्रतिक्रिया