वर्षाले आन्तरिक उडान प्रभावित
काठमाडौँ, १७ फागुन । मुलुकभर मौसम बद्ली भई अबिरल वर्षाका कारण आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) बाट हुने आन्तरिक उडानहरु प्रभावित भएका छन् ।
मलुकभर लगातार परेको वर्षाले दृश्यता (भिजिविलिटी) कम हुँदा आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थलले जनाएको छ ।
बिहान सबै उडान सामान्य रहे पनि मध्यान्हबाट मौसम बद्लीसँगै निरन्तर वर्षा भएकाले सबै आन्तरिक उडान प्रभावित भएको विमानस्थलका महाप्रवन्धक वीरेन्द्र श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार मौसम प्रतिकूल हुँदा विराटनगरमा दुई र भैरहवामा एक जहाज काठमाडौँ फर्कन नसकी रोकिएर बसेका छन् । हिमाली क्षेत्रका सम्पूर्ण उडान प्रभावित भएको र पोखराबाट जोमसोम जाने बाहेक अन्य पहाडी क्षेत्रका केही उडान भने सामान्य रहेको विमानस्थलले जानकारी दिएको छ ।
यसरी आन्तरिक उडानहरु प्रभावित हुँदा देशका विभिन्न गन्तव्यमा जान विमानस्थल पुगेका स्वदेशी तथा विदेशी यात्रुहरु निरास हुँदै फर्कन बाध्य भएका थिए ।
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया