बुधबार, मंसिर १० २०७७
काठमाडौं १६:०६
वासिङटन डिसी 05:21

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

इनेप्लिज २०७१ फागुन १७ गते १४:२५ मा प्रकाशित

resize_image.phpभक्तपुर, १७ फागुन । भक्तपुरको सल्लाघारीमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ ।

जिल्लाको छलेन सडकअन्तर्गत सल्लाघारीबाट कमलविनायक जाँदै गरेको बा२३प ३८०४ नम्बर र नगरकोटबाट काठमाडौँ जाँदै गरेको बा५७प ८४०९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बा५७प ८४०९ नंका मोसा चालक महामञ्जुश्री नगरकोट नगरपालिका–५ बागेश्वरीका १९ वर्षका जयराम फुँयालको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

अर्का मोटरसाईकल चालक मध्यपुर थिमि बोडेका वर्ष २४ का अजय श्रेष्ठ सामान्य घाइते भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया