भाटा शान्ति या अशान्तिको प्रतिक

इनेप्लिज २०७१ फागुन १७ गते १३:२१ मा प्रकाशित

bj

भाटा शान्तिको प्रतिक या अशान्तिको प्रतिक ? यक्ष प्रश्न सरोकार वालालाई छ l नेपालको ईतिहासमा सबै भन्दा ज्यादा भाटा शब्दको प्रयोग बिगत १० बर्षे जनयुद्ध कालमा भयो l यो भन्दा अगाडी पनि भाटा शब्द र भाटाको प्रयोग नभएको भने चै हैन l

युगौ युग देखि लट्ठी या भाटा अस्तित्वमा थियो तर संचार माध्यमको कारण भाटा सर्वहारा वर्गको उत्थानको लागि चलाईएको जनयद्धकालमा शिखरमा पुग्यो l १० बर्षे जन युद्धकालमा यस्को प्रयोग भन्दा पनि दुरूप्रयोग ज्यादा मात्रामा भयो l काचो बाँसबाट लौरोको बनाईएको वस्तु भाटा हो l बाँसबाट बनेको भाटा अन्य वस्तु भन्दा ज्यादा चर्चित एकाएक भयो l निर्दोष जनता पनि यसको शिकार हुन् पुगेको समाचार संचार माध्यममा पढियो l भाटाको शक्तिले मानिस कति तह लागे यसको तथ्यांक कुनै निकाय संग छैन l

भाटा शब्द आउने बित्तिकै सन्त्रास पनि हुने अवस्था आएको थियो l कारण जो सुकैले पनि भाटा प्रहार गर्न सक्ने या कसैलाई भाटा प्रहार खाने अवस्था थियो l

युगौ युग देखि भाटाको प्रयोग भएको हुनु पर्दछ l भगवान कृष्ण तथा राम भगवानले पनि यहि बाँसबाट तीर बनाए l राम चन्द्र भगवानले श्रीलंका आक्रमण गर्दा बादर सेनाले तत्कालिन समयमा लट्ठी या भाटा पनि प्रयोग गरेका थिए l

भाटा कहिले पनि नराम्रो वस्तु हैन ,सदुप्रयोग भयो भने जय जयकार हुन्छ दुरुप्रयोग भयो भने तिरस्कार हुन्छ l भाटाको प्रयोग बिभिन्न अवस्थामा प्रयोग गरिन्छ l भाटा बिसेष गरि पशु वर्गलाई बजार्न प्रयोग गरिन्छ l

उहिलेका शिक्षकहरुले भाटाको प्रयोग खुब गर्थे र त्यसको शिकार यो पंक्तिकार पनि भएको छ l आफुले पनि भाटाको प्रयोग गरेको छु भन्नु पर्दा दुख लाग्दैन l आफुले पनि भाटा प्रहार खाएको छु ,गुरु र अभिभावकबाट l भुस्याहा कुकर र अटेरी गाई गोरुलाई तह लगाउने गरि आफुले पनि यसको प्रयोग गरेको छु l त्यो पनि बाल्यावस्थामा l

बाख्रा चराउन होस् या गाई वस्तु या अन्य जनावरलाई तर्साउन बोकिने चिज यो भाटा मान्छेमा प्रयोग हुँदा मानवता रहदैन l पशु ब्यबहार ठहरिन्छ l आत्म रक्षाको लागि यो भाटाको ठुलो भूमिका रहन्छ l

तर बिरोधको नाममा खुलेआम यसरी भाटाको प्रयोग भयो भने समाज भयभित हुन्छ l सकरात्मक भन्दा नकारात्मक संदेश जान्छ l लट्ठी र भाटाको प्रदर्शन द्वारा सहमतिमा संविधान निर्माणका लागि सत्तापक्षमाथि दबाब दिने मोर्चाले दाबी गरेका छन् l

ईतिहासमा भाटा कहिले यति चर्चाको शिखरमा पुगेको थिएन l २०५२ साल देखि यसले चर्चा बटुल्यो l निक्कै बर्ष सम्म अधिपत्य पनि जमायो र भाटाको अस्तित्व लगभग समाप्त भै सकेको अवस्थामा हातमा धारिला भाटा बोकेर एमाओवादी युवा दस्ता वाइसिएलले मंगलबार राजधानीमा जुलुस निकाले पछि फेरी अचानक चर्चाको शिखरमा पुग्यो l

भाटाको अस्तित्व जिवितै छ बन्ने पुष्टी गरि दियो l त्यसले नागरिक स्वतन्त्रता पूर्णबहाली गर्ने भन्दा बलको भरमा राजनीति गर्ने एमाओवादीको मिचाहापन हो कि भन्ने कुरा फेरि आम नागरिकले सोच्न बाध्य हुने अवस्था देखाएको छ l

नागरिकले चौतर्फी व्यापक विरोध गरे पछि भाटा बोकेर जुलुस गर्न दिने छैन भनि गृह मन्त्रालयले छापा बिज्ञप्ति जारी गर्यो l २०६३ सालको दोश्रो जन आन्दोलनमा समेत भाटाको प्रयोग नगरी राजतन्त्र फ्याक्न सक्ने यहि दल आज आएर भाटाको प्रयोग गर्न किन आवश्यक ठान्यो l

मूल प्रश्न त्रासको राजनीतिको हो l भाटाले समर्थन जुट्दैन l भाटा-भयको राज सम्भव छैन l आन्दोलन दबाब दिनकै लागि हो, अन्तरिम संविधान, शान्ति-सम्झौता र १२ बुँदे समझदारीबाट बाहिर जान नदिन खबरदारी गरिएको पनि हो भनि सार्बजनिक रुपमा एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले बताए l

भाटा साथमा लिएर हिडे पछि जस्तो सुकै संयम अपनाउछु भने भने पनि भिडमा नियन्त्रण गर्न सकिदैन l घुसपैठ हुने प्रवल सम्भावना हुन्छ l अरुले फाईदा उठाउने हुनाले यस तर्फ ध्यान जान सक्यो भने निर्दोष आम नागरिकले निहत्था भाटा खाने सम्भावना कम हुने हुन्छ l

एकाइसौ शताब्दीमा भाटाको कुनै अस्तित्व छैन l यसले विवाद र मुठभेड जन्माउछ l भाटा शान्तिको प्रतिक भन्दा अशान्तिको प्रतिक हुन्छ l हिन्दि उखान छ “जसको लाठी उसकै भैंसी ” शायद यस्तो मानसिकता रही सडकमा नागरिकमाथि गरेको भाटा प्रहारले राजनीतिमा कति असर पर्छ भन्ने हेक्का राख्नु पर्दछ l

लट्ठी या भाटा बोकेर प्रदर्शन शान्तिपूर्ण हुन्छ ? भाटा नेपालीहरुको आफ्नो हतियार हो ? भाटा बोक्दा नागरिक स्वाभाविक रुपले आतंकित हुन्छन l प्रदर्शनमा भाटा प्रहारका छिटपुट घटना घटेकोले वातावारण तनाबपूर्ण आफै बन्छ l जनता त्राहीमाम हुन्छन l

एकल रुपमा बोकेको भाटा या लट्ठीले त्रास जन्माउदैन ,तर हजारौ हजारको संख्यामा लट्ठी या भाटा बोक्नुले अर्को अर्थ दिन्छ l
सार्वजनिक ठाउँमा हुलका हुल लठ्ठी बोकेर हिडे गैरकानुनी हुन्छ या हुदैन ? जमातले सार्वजनिक स्थानमा लठ्ठी बोक्न हुँदैन भनेर नेपालको कुनै कानुनमा लेखिएको छ त ?

लाठी भूतपूर्व प्रधान मन्त्रि स्व कृष्ण प्रसाद भट्टराई ,लोह पुरुष स्व गणेश मान सिंह तथा भारतका सत्याग्रहका अभियन्ता महात्मा गान्धीले पनि बोकेका हुन् l बुढेस कालमा भाटा सहारा पनि हुन्छ तर झुण्ड मानिसले लट्ठी बोकेर हिडे शान्ति गर्न हैन अशान्ति गर्न हिडेको समाजले बुझ्दछ l खबरदारी गर्न किन भाटाको प्रयोग गरियो ?

लाठी र भाटाको प्रयोग हतियार चलाउनु बराबर हुन्छ l शान्तिपूर्ण राजनीतिमा आई पुगेको शक्तिले भाटा प्रदर्शन गर्नुले राजनीतिक पक्षहरुबीचको दूरी अझै बढाउने छ l यस्तो क्रियाकलाबमा संलग्न हुने राजनैतिक दलको अस्तित्व खतरामा पर्ने छ l दल प्रति बितृष्णा जाग्ने छ l गान्धीले अपनाएको सत्याग्रह किन नअपनाउने ? नि:शस्त्र प्रतिकार’ गर्न किन पहल नगर्ने?

आगे उनीहरुले जानुन …………………………….

प्रतिक्रिया