झापामा टोपी दिवस मनाइयो

इनेप्लिज २०७१ फागुन १७ गते १०:४८ मा प्रकाशित

cd0ff0bfa0579c28b00c01e288f0edd3f918cd55efbea813dcc1efded10bb165सुरुङ्गा (झापा), १७ फागुन । नेपाली ढाका टोपीको पहिचान बढाउन झापाको बिर्तामोडमा आज टोपी दिवस मनाइएको छ ।

गत वर्षबाट मार्च १ तारिखका दिन मनाउन सुरु भएको यो दिवस यस वर्ष पनि आज मनाइएको हो । बिर्तामोडमा द आर्ट अफ लिभिङ, झापा उद्योग वाणिज्य सङ्घ शाखा बिर्तामोड र मित्रनगर टोल सुधार तथा व्यवस्थापन समितिले संयुक्त रुपमा नेपाली टोपी दिवसको आयोजना गरेका हुन् ।

बिर्तामोडमा जिल्लाका सङ्घसंस्थाको सहभागितामा पुरुषले नेपाली टोपी र महिलाले गुन्यू चोलीका साथ संस्थाको ब्यानरसहित अतिथि सदनबाट सुरु भएको ¥यालीमा सहभागी भई नगर परिक्रमा गरेका थिए । दिवस मनाउन राजनीतिक दलका प्रतिनिधि र सभासद्हरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी अधिकांशले यस दिनलाई सरकारले पनि टोपी दिवसका रुपमा घोषणा गर्नुपर्ने बताए ।

नेपालीको गौरव र पहिचान विश्वभर स्थापित गर्न र मौलिक संस्कृति तथा वेशभूषा जोगाउन टोपी दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया