बुधबार, कार्तिक ५ २०७७
काठमाडौं १८:२८
वासिङटन डिसी 08:43

क्यान्सरका बिरामीलाई डेढ करोड सहयोग

इनेप्लिज २०७१ फागुन १७ गते २:०१ मा प्रकाशित

पाल्पा, १७ फागुन । लायन्स क्लब इन्टरनेसनल ३२५ बिटू नेपालको तेस्रो केन्द्रीय परिषद् बैठक शनिबार तानसेनमा सम्पन्न भएको छ ।

बैठकको उद्घाटन गर्दै सो संस्थाका पूर्वगभर्नर सञ्जय खेतानले आफूहरुले नेपाल तथा विभिन्न देशमा सामाजिक रुपमा काम गर्दै आएको र आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो ।

सो बैठकले भरतपुर क्यान्सर अस्पतालका बिरामीका लागि करिब रु डेढ करोड सहयोग गर्ने घोषणा गरेको छ । नेपालका विभिन्न स्थानमा भौगोलिक विकटता, आर्थिक रुपमा विपन्न, आँखाका रोगीलाई सहयोग तथा त्यस्ता रोगीलाई क्लबले शिविर सञ्चालन गर्दै आएको छ । बैठकमा देशभरिबाट गरी करिब ७०० प्रतिनिधि सहभागी रहेको बताइएको छ ।

प्रतिक्रिया