होस्टेल रिटर्न्स वैशाखदेखि प्रदर्शन हुने

इनेप्लिज २०७१ चैत १७ गते १६:०२ मा प्रकाशित

SS3-335x232काठमाडौँ, १७ चैत – चलचित्र होस्टेल रिटर्न्स नयाँ बर्षको अवसर पारी वैशाख २५ गतेबाट प्रदर्शनमा आउने भएको छ। सो चलचित्रको ट्रेलर राजधानिको क्यूज हलमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ।

दुर्गिस फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रलाई सुरज भुषालले निर्देशन गरेका छन्। कार्यक्रममा निर्देशक भुषालको जन्मदिनको अवसरमा केक पनि काटिएको थियो। यो चलचित्रले कलेज पढ्ने यूवापुस्तालाई आकषिर्त गर्ने निर्माता सुनिल रावल बताउछन्। चलचित्र पूर्ण रुपमा मनोरञ्जनात्मक भएकाले दर्शकलाई मनपर्ने निर्देशक निर्माताको दावी छ।

सार्वजनिक ट्रेलरमा होस्टेल जिवनमा हुने विभिन्न घटनालाई रोचक तबरले प्रस्तुत गरिएको छ। निर्माता रावलले चलचित्र शिक्षाका लागि रिटर्न्स भन्ने अभियान पनि सुरु गरेको बताए। यो अभियान अन्र्तगत नेपालका दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई अध्ययनका लागि सहयोग गर्ने उनको भनाइ छ।

शिक्षा जस्तो महत्वपूर्ण कुरामा आफूहरु अगाडि बढेकाले पनि यसलाई प्रचार नभन्न निर्माताले आग्रह गरेका छन्। चलचित्रमा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, स्वस्तिमा खड्का लगायतका नयाँ कलाकारको समेत अभिनय रहेको छ। चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन, स्वप्निल शर्माको संगीत, चन्द्र पन्तको एक्सन छ। दुर्गिस फिल्मस्ले यसअघि चलचित्र सायद र होस्टेल निर्माण गरिसकेको छ। सो कार्यक्रममा चलचित्रकर्मी, पत्रकारको बाक्लो उपस्थिती थियो।

साभार:डिसी नेपाल

प्रतिक्रिया