अमेरिकाको बोस्टन सहरमा संचालन हुँदै आईरहेको मासिक साहित्यिक कार्यक्रम “सिर्जना उत्सब” को सत्ताईसौ शृंखला आइतबार साँझ सम्पन्न भएको छ। कार्यक्रममा बिभिन्न कविहरूले सिर्जना वाचन गर्नुका साथै वर्तमान साहित्यका बारेमा चर्चा गरे/
कार्यक्रममा दिनेश राजभण्डारी , गोवर्धन पूजा , हरि थापा, दीपा राई पुन , अनु शाह, महेश्वर पन्त , धन लेप्चा, सागर शंकर, मधुसुधन पौडेल,लागयातले सिर्जना वाचन गरे/
“सिर्जना उत्सव” मा पहिलो पटक सहभागी भएका सुशिल नेपालले पनि आफ्नो कविता वाचन गरे भने पेन्सिलभेनियबाट आएका नन्द लगुनले नेपाली टेलीफिल्मका कलाकारहरूको विभिन्न क्यारिकेचर प्रस्तुत गरे । अस्वस्थताको कारणले उपस्थित हुन नसकेकी ममता कर्माचार्यले कार्यक्रमको लागि पठाभएको कविता कुशल श्रेष्ठ्द्वारा वाचन गरिएको थियो ।
साहित्यकार हरि थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्रष्टाहरूको कृति आदान प्रदान गर्ने क्रममा नेपाली भाषी भूटानी प्रथम गायक प्रताब सुब्बाको गजल एल्बम “काचको मुटु” र साहित्यकार लीला निशाको कृति “बूढो रूख र सान्नानीको ईन्द्रेनी” उपस्थित साहित्यकारलाई पनि प्रदान गरिएको थियो। कार्यक्रम पश्चातको रात्री भोजको प्रयोजन कुशल श्रेष्ठद्वारा गरिएको थियो/
प्रतिक्रिया